Logo

यतिखेर हामीले धैर्यधारण गर्ने र पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको वि’कल्प छैन :राजेन्द्र राई


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी धनकुटाले संसद वि’घटनपछिको अवस्थामा जनप्रतिनिधि र पार्टी कार्यकर्तालाई संयमित हुन आग्रह गरेको छ । जिल्ला अध्यक्ष राजेन्द्र राईले सोमबार एक विज्ञप्ति जारी गर्दै अन्यौल र नै’राश्यता उत्पन्न भएको भए पनि धैर्य धारण गर्न आग्रह गरेका छन् ।

उनले पार्टीलाई एकाबद्ध बनाएर लैजानुको विकल्प पनि नभएको बताएका छन् । “यतिखेर हामीले धैर्यधारण गर्ने र पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको विकल्प छैनयतिखेर हामीले धैर्यधारण गर्ने र पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको विकल्प छैन ।

त्यसकारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी धनकुटा जिल्ला पार्टी पङ्तीका आम नेता कार्यकर्ताहरू, नेकपाबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरू, पार्टीका समर्थक शुभेच्छुक तथा सम्पूर्ण जनसमुदायहरूमा यस परिस्थितीमा संयमित भएर धैर्यधारण गर्नका निम्ति हार्दिक अपिल गर्दछ, विज्ञप्तीमा भनिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले आइतवार संसद वि’घटन गरेकी छिन् । जसको आ’लोचना र वि’रोध भइरहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्