संसद् वि’घटन गर्ने निर्णय संविधान र पार्टी वि’रोध कदम- झलनाथ खनाल
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारको संसद् विघटन गर्ने निर्णयलाई संविधान र पार्टी विरोध कदम भएको बताएका छन्।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित संसद विघटन गर्ने सिफारिस गरेपछि नेता खनालले राजनीतिक र संवैधानिक अधिकार प्रयोग गरेर विरोध गर्ने बताएका छन्।
प्रधानमन्त्री केपी ओलीको कदम देश, संविधान र पार्टी विरोध कदम भएकोले सिंगो पार्टी ती कदमको डटेर लड्ने उनले बताए । आज बस्ने स्थायी कमिटि बैठकले आवश्यक निर्णय गर्ने नेता खनालले भने।