Logo

संसद विघटन सिफारिस तत्काल फिर्ता गर्नु पर्छ, संविधानको समाजवादी पुनर्लेखन गरौं – गोपाल किराती


काठमाण्डौ- नेकपा (माओबादी केन्द्र) पार्टी अध्यक्ष गोपाल किरातीले खडग प्रसाद ओलिले संसद विघटन सिफारिस तत्काल फिर्ता गर्नु पर्ने बताएका छन ।

किरातीले फेसबुकमा लेखेका छन, संसद विघटन सिफारिस फिर्ता गर, नहुने चुनावको मिति खारेज गर ! देशभक्त जनसरकार गठन गर! संविधानको समाजवादी पुनर्लेखन गरौं! नेकपा (माओवादी केन्द्र) जिन्दावाद ।

नेपालको संविधानमा संसद विघटनसम्बन्धी प्रावधान स्पष्ट छैन। संविधानको धारा ८५ को १ मा ‘यस संविधान बमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधि सभाको कार्यकाल ५ वर्षको हुनेछ’ भन्ने उल्लेख छ।

संविधानको धारा ७६ को उपधारा ७ को ५ मा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरि ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्