क्याबिनेटमा ४ मन्त्रीले संसद् विघटनको सिफारिस रोक्न खोजेका थिए

सद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा अधिकांश मन्त्रीहरू नै असन्तुष्ट बनेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गरेका थिए ।
बैठकमा प्रधानमन्त्रीले संसद् विघटनको प्रस्ताव राखेपछि मन्त्रीहरू घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन, प्रदीप ज्ञवालीलगायतले संसद् विघटनबारे संविधानमा नै स्पष्ट व्यवस्था नभएको अवस्था र जनादेशको अपमान हुने भन्दै विघटको प्रस्ताव रोक्नुपर्ने धाराण राखेका थिए ।
‘हामीले संसद् विघटनबारे संविधाननै स्पष्ट छैन । अर्को कुरा पार्टीको आन्तरिक विवादको भार संसद्लाई बोकाउनु हुन्न भनेका थियौँ । तर, प्रधानमन्त्रीज्यूले मान्नु भएन,’ एक मन्त्रीले भने ।
प्रधानमन्त्रीको कदमले पार्टीकै बदनाम भएको र नेताहरूमाथि गम्भीर प्रश्न उठेको ती मन्त्रीले बताए । बैठकमा प्रधानमन्त्री आक्रोशित मुद्रामा देखिएका थिए ।
संसद् विघटनको प्रस्तावलगत्तै प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।
बैठकमा सहभागी ती मन्त्रीका अनुसार विघटनको प्रस्ताव राष्ट्रिपतिबाट रोकिने सम्भावना छैन । ‘सिफारिस राष्ट्रिपतिले एक/दुई दिन अल्झाउन सक्ने सम्भावना रहे पनि त्यो पास हुन्छ,’ ती मन्त्रीले भने ।