Logo

संसद विघटन प्रस्तावको वि’रोधमा पोखरामा प्रधानमन्त्रीवि’रुद्ध नाराबाजी


पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि पोखरामा विद्यार्थीहरुले आ’न्दोलन थालेका छन् । प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको ध’ज्जी उडाएको भन्दै पोखरामा विद्यार्थीले आ’न्दोलन थालेका हुन् ।

पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेपाल कम्युनिस्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थी संगठनले ना’राबाजी गरेका छन् ।

उनीहरुले केपी ओलीकावि’रुद्ध नारा लगाउँदै संविधानमाथि ‘कू’ भएकाले चरणवद्ध आ’न्दोलन सुरु भएको बताएका छन् । जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान प्रधानमन्त्री ओलीले प्र’हार गरेको विद्यार्थीहरुले बताएका छन् ।

संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आ’न्दोलनको राँको बल्ने विद्यार्थीहरुले चे’तावनी दिएका छन् । समाजवादी विद्यार्थी संगठनका नेता रेशम सापकोटाले हिजो जसरी ज्ञानेन्द्र ‘कू’ बि’रुद्ध संयुक्त विद्यार्थी आन्दोलन सुरु भए झैं प्रधानमन्त्री वि’रुद्ध संयुक्त विद्यार्थी आ’न्दोलन सुरु भएको बताए ।

पृथ्वीनारायण क्याम्पस अनेरास्ववियुका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले लोकतन्त्रको रक्षाका निम्ति आन्दोलन सुरु भएको बताए । प्रचण्ड–नेपाल समर्थित विद्यार्थीहरुले १ बजे पोखराको महेन्द्रपुलमा आ’न्दोलनको तयारी गरेका छन् ।

विद्यार्थीहरुको संयुक्त मोर्चा बनाएर आ’न्दोलन अगाडि बढ्ने अनेरास्ववियुका केन्द्रीय सदस्य क्षितिज सापकोटाले बताएका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्