को’भिड १९ बारेमा सचेतना तथा काउन्सेलिङ नेवार महिलाहरुलाई

विमला महर्जन-कोभिड १९ ले विश्वमा त’हस न’हस पारिरहेको अवस्थामा नेपालमा पनि तह’स नह’स नै पारिरहेको छ । कोरोना कहरको कारण अहिले सम्म समुदायहरुमा त्रास फैलि नै रहेको छ ।
तर दैनिकि जीवनमा ज्याला, मजदुरी गरेर जीवन यापन गरिरहेको कृषक लगायत सबै पेसेवार र बाँच्नको लागी काम गर्दा र अन्य कार्यहरु गर्न हिंडडुल गर्न समेत त्रा’स भइरहेको हुनाले सो समूदायहरुमा को’भिडले पारिरहेको त्रा’स तथा यसबाट रहनु पर्ने सुरक्षा व्यवस्था, अपनाउनु पर्ने सजकता बारेमा ललितपुर जिल्लाको खोकना कार्यक्रम सम्पन्न भएको आदिवासी जनजाति महिला युवा संजालकी अध्यक्ष रिसा श्रेष्ठले बताइन् ।

नेवार महिलाहरुलाई लक्षित गरी संचालन गरिएको प्रशिक्षणात्मक कार्यक्रममा युवा महिलाहरुको उल्लेख्य सहभागीता रहेको सहभागी कोपिला श्रेष्ठले बताइन् । उक्त कार्यक्रममा को’भिड १९ बारेमा चेतनामूलक पर्चा, पम्ल्फेट लगायत जानकारीमूलक होत पुस्तिकाहरुको वितरण प्रशिक्षण दिइएको सहभागीहरुले बताए ।

साथै संजालले महिलाहरु खासगरी घर लगायतको विभिन्न कार्यहरुमा सहभागी भइरहनु पर्ने भएको हुनाले उनीहरुमा घरमा नै सेटिटाइजर बनाउने तालिम संचालन गरिएको र आफै सेनिटाइजर समेत बनाएर प्रयोग गर्दैै आइरहेको अध्यक्ष श्रेष्ठले बताइन् ।