Logo

आगोको आविष्कार


-भाई किराती

द्वन्द्वात्मक भौतिकवादको आधारभूत सिद्धान्त आगोको आविष्कारलाई लिनु उपयुक्त हुन्छ । किनभने त्यसले चेतना बिकासको गतिक्रममा मार्ग प्रशस्त गर्ने कडीको भूमिका निर्वाह गर्दछ । जस्तैः कम्युनिस्ट पार्टी संगठन भित्र हुने दुईलाइन संघर्षको सन्दर्भमा द्वन्द्वात्मक भौतिकवादी दृस्ठिकोणलाई आत्मसात नगर्ने हो भने त्यसले पार्टीलाई मृत्यु शैँयामा पुर्‍याउँछ तसर्थ त्यस सिद्धान्तमा आधारित अन्तरसंघर्षले मात्रै पार्टी र क्रान्तिको नेतृत्व गर्न नेतृत्वलाई सक्षम बनाउँछ,। जसलाई बैज्ञानिक बिधि भनिन्छ । जुन दृष्टिकोणले तत्कालीन भौतिक परिवेशलाई द्वन्द्वात्मक बिधिद्वारा विश्लेषण गर्दै नयाँ बैचारिक, राजनीतिक, चिन्तनका शीराहरुको जन्म गराउने मुल भूमिका खेल्ने गर्दछ । जसले बैचारिक, राजनैनिक, दार्शनिक जगतमा खडा भएको वाधा अड्चनमय प्रधान र सहायक अंतर्विरोधको सारबाट गतिशील तत्वलाई आधारको रूपमा स्वीकार गर्दै यथास्थितिगत तत्वहरुलाई इतिहासको ढिकुटीमा भण्डारण गरिराख्ने ऐतिहासिक काम गरेको हुन्छ ।

मानवद्वारा निर्माण गरिएको आगोको आविष्कारबारे विषय उत्खनन गर्दा – मानव सभ्यताको ऐतिहासिक भूमिका रहेको पाइन्छ । पूर्वीय सभ्यता र पश्चिमा सभ्यताको आ-आफ्नै महत्व रहेको सत्य नै छ । फेरि आगोको आविष्कार एउटै प्रकृतिबाट भएको हो भन्दा न्याय हुँदैन । आगोको आविष्कार – मानव निर्मित र प्राकृतिक प्रक्रियाबाट निर्माण भएको छ ।

अन्ततः द्वन्दको प्रकृति क्रमशः चरम उत्कर्षतिर चुलिँदै गएपछि भने उनीहरुले पनि आफ्नो तर्फबाट चिन्तन मनन गर्न थाल्छन् र क्रान्तिको पक्षमा चासो देखाउन पुग्छन् । यसरी मात्रै क्रान्तिमा बल पुग्छ । भनाइको तात्पर्य मुन्धुमको भौतिकवादी धारणा र त्यसको भौतिक स्वरूपको बारेमा गरिएको वस्तुगत विश्लेषणलाई धेरै मान्छेले वास्ता गर्दैनन् बाँकी बिरोधि तत्वले अस्वीकार गर्छन् , अन्ततः पदार्थ शाश्वत छ ।

प्राकृतिक प्रक्रियाबाट भएको आगोको आविष्कार – प्रथमतः ज्वालामुखी विस्फोट नै हो र स्व. जय शिवाहाङको अनुसार “एउटा रुखको हाँगा यदि अर्को रुखको हाँगामा सटिनु पुगेको खण्डमा, हावाको बहावको माध्यमद्वारा एक अर्कामा घर्षण हुन्छ त्यो निश्चित उत्कर्षमा पुग्दा आगो बल्दछ ।” भने मानव निर्मित आगोको आविष्कार – भौगोलिक परिवेश, मानवीय चरीत्र र तत्कालीन परिस्थितिको उपज हो । मान्छेले भौतिक परिवेश अनुकुल जीविकोपार्जनको क्रममा हरेक विकल्पहरु अपनाएको पाइन्छ । त्यसैको बाबजुद आगोको आविष्कार हुनपुग्यो । जुन समाज बिकास क्रममा ऐतिहासिक उपलब्धि साथै बलियो आधार साबित भएको छ । जुन पृष्ठभुमिमा मानव अस्तित्व गतिशील अवस्थामा पाउँछौं ।

आगोको आविष्कार बारे मुन्धुम दृष्टिकोण :-

मानव निर्मित आगोको आविष्कार बारे वस्तुगत घटना क्रमको  अहिलेसम्मको खोज, अध्ययन, अनुसन्धानद्वारा प्राप्त गरिएको कच्चापदार्थहरु दल्सिनढुंगा, चक्मक (फलाम) र झुलो गरि तीनवटा वस्तुहरु उपस्तिथित छन् । ती कच्चापदार्थलाई  बैज्ञानिक बिधिको आधारमा रुप र सार पक्षको विश्लेषण गर्दा हामी यो निष्कर्षमा पुग्छौँ कि – रुपमा हेर्दा दल्सिनढुंगा ठोस वस्तु हो, चकमक अथवा फलाम ठोस र तरल प्रष्ट देखिन्छ, भने झुलो ठोस पनि होइन तरल पनि होइन तिनिहरुको अस्तित्व फरक फरक नै देखिन्छ । तर ती वस्तुहरु रुपमा भिन्न देखिए तापनि सारमा भने कण सिद्धान्तको आधारमा अवस्थित छन् । जस्तैः ढुंगा, फलाम र झुलो यी तीनैवटा वस्तुहरु भौतिक तत्व हुन् अर्थात स्थुल जगतमा प्राप्त गर्न सकिने पदर्थ हो ।

स्थुल भौतिकी  देखि सुक्ष्म भौतिकीसम्मको विश्लेषणलाई आधार मान्दै  त्रिपक्षीय अस्तित्वको बारेमा भन्नु पर्दा – दल्सिनढुंगा ठोस र कण देखिन्छ, फलाम ठोस, तरल र कण स्पष्ट छ भने झुलो ठोस र तरल नभए तापनि कण चाहिँ सत्य हो । यसमा ढुंगाको चरीत्र झुलोसँग मिल्दैन र एक अर्का बीच सहकार्य हुने कुनै वातावरण पनि देखिँदैन । तर फलामको विशेषता चाहिँ ढुंगा र झुलो दुवैसँग मिल्न जान्छ । तसर्थ यी तीन वस्तुमा फलामको भुमिका महत्वपूर्ण छ । यसमा तीनै वस्तुको उपस्थिति अनिवार्य छ । यदि यो बिधिमा ढुंगा र झुलो छ तर चकमक छैन भने कार्य सम्पन्न हुँदैन, त्यसैगरी ढुंगा र फलाम छ तर झुलो छैन भने कार्य हुनसक्दैन अनि फलाम र झुलो छ तर ढुंगा छैन भने पनि कार्य हुँदैन, यी तीनै वस्तुको उपस्थितमा द्वन्द्वात्मक सिद्धान्त स्थापित छ ।

द्वन्द्वात्मक भौगोलिकवादी सिद्धान्त सामाजिक चरीत्रहरुमा त स्पष्ट देख्दै आइएको नै हो । तर पदार्थमा पनि त्यही सिद्धान्त लागू भएको कुरा हिक्स पार्टीकलबाट प्रष्ट हुन्छ । यसको तात्पर्य प्राकृतिक नियम अनुसार संसार गतिशील छ । जुन सिद्धान्त अनुसार एउटा परमाणुमा हजारौं कण हुन्छन् त्यसमध्ये ९६% निष्क्रिय र ४% सक्रिय इलेक्ट्रोनहरु अर्थात ४% मात्रै अन्तर्बिरोधी पार्टीकलहरु हुन्छन् । त्यसमा पनि १.२५% सकारात्मक अर्थात गतिशील र २.७५% नकारात्मक अर्थात जडत्वको नियममा आधारित तत्व हुन्छन् ।

यदि यो सिद्धान्त मानव समाजको ब्यवहारिक विशेषतासँग दाँज्ने हो भने समाजमा क्रान्तिकारी बिचारका मान्छे थोरै हुन्छन् तर तिनिहरुले आमूल परिवर्तनको निम्ति सामाजिक परिवेश अनुसार क्रान्तिकारी मार्गचित्र निर्माण गर्दै नेतृत्व गर्छन् अर्थात सत्यको पक्षमा थोरै हुने गर्दछ । भने प्रतिक्रान्तिकारीहरु यथास्थितिको पक्षमा खडा हुन्छन् । त्यस्तो परिस्थिति सृजना हुँदा सुरुसुरुमा निष्क्रियहरु चाहिँ झन्झट मान्दै भए पनि यथास्थिति पक्षधरकै लर्कोमा उभिने मनसाय व्यक्त गर्छन् । किनभने त्यतिबेला त्यहाँ तर्क र तथ्य भन्दा संख्याको महत्व बढी हुन्छ । अन्ततः द्वन्दको प्रकृति क्रमशः चरम उत्कर्षतिर चुलिँदै गएपछि भने उनीहरुले पनि आफ्नो तर्फबाट चिन्तन मनन गर्न थाल्छन् र क्रान्तिको पक्षमा चासो देखाउन पुग्छन् । यसरी मात्रै क्रान्तिमा बल पुग्छ । भनाइको तात्पर्य मुन्धुमको भौतिकवादी धारणा र त्यसको भौतिक स्वरूपको बारेमा गरिएको वस्तुगत विश्लेषणलाई धेरै मान्छेले वास्ता गर्दैनन् बाँकी बिरोधि तत्वले अस्वीकार गर्छन् , अन्ततः पदार्थ शाश्वत छ ।

अन्तमा :- मुन्धुम भौतिकवादी दर्शन हो भन्ने कुरा यसको हरेक अंगहरुले पुष्टि गर्दछ यसलाई द्वन्द्ववादी दृष्टिकोणबाट देख्न र बुझ्न सकिएको खण्डमा मात्रै यसले पूर्णता प्राप्त गर्दछ । यसको निम्ति बिज्ञान र प्रविधिको युगमा अध्ययन र अनुसन्धान तथा परिक्षणको आवश्यकता छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्