Logo

जनताले रोजेको नेकपा, खोटाङको खोटेहाङमा पार्टीको निर्देशन कार्यन्वयन गर्दै


मान्सुङ चाम्लिङ, खोटाङ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रिय स्तरमा केही महिना देखी पार्टीको बहस छलफल तिब्र रुपमा अगाडी बढीरहेको वेला, जनताले रोजेको नेकपा पार्टी खोटाङ जिल्ला पार्टी सचिवालयले सबै पालीकाहरुमा जनताहरुसँगै श्रम शिविर चलाउने निर्णय गरेर निर्देशन गरेसँगै खोटेहाङ पालीकामा श्रम शिविर वा जनतासँगै श्रम भन्ने नारालाई कार्यान्वयन गरिएको नेकपा खोटेहाङ गाउँपालीका अध्यक्ष राजन ढकालले बताउनु भयो ।

जनताले रोजेको नेकपा, खोटाङको खोटेहाङमा पार्टीको निर्देशन कार्यन्वयन गर्दै

पालीकाको वडा नं.८ सिम्पानीमा संचालन गरिएको जनतासँगै श्रम कार्यमा विद्यालय, क्याम्पस, स्वास्थ्य कार्यालय जाने बाटो मर्मत, झाडी फडानी, स्वास्थ्य चौकी सिम्पानीको कम्पाण्ड क्षेत्रको झाडी सफा गर्ने लगायत निशुल्ःक दायित्व रुपमा श्रम शिविर संचालन गरिएको अध्यक्ष ढकालले बताउनु भयो ।

जनताले रोजेको नेकपा, खोटाङको खोटेहाङमा पार्टीको निर्देशन कार्यन्वयन गर्दै

पछिल्लो समय केन्द्रिय स्तरमा केही रुपमा वहसले लामो समय लिएता पनि स्थानिय जनताहरु नेकपाको कुनै विकल्प नदेखेको हुनाले पार्टीले पार्टीको पालीका स्तरमा दिएको निर्देशन गरेको काममा जनताहरु स्वस्फुर्त रुपमा श्रममा नेकपा कार्यकर्तासँगै आफ्नो श्रम निशुल्ःक रुपमा योग्दान गरेको अध्यक्ष ढकालले बताए ।

जनताले रोजेको नेकपा, खोटाङको खोटेहाङमा पार्टीको निर्देशन कार्यन्वयन गर्दै

स्मरण रहोस, नेकपा खोटाङले हरेक पालीका श्रम शिविर संचालन गर्न गरेको निर्देशन, यस अघि जन्तेढुंगा पालीका लगायतले सम्पन्न गरिसकेका छन् । साथै अन्य पालीकाहरु हरेक महिना आवश्यकता समय अनुसार कार्यान्वयन गर्ने योजनामा छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्