Logo

कांग्रेस र जसपाले ‌संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने


जनता समाजवादी पार्टी (जसपा) का नेताहरु प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन् ।

प्रधानमन्‍त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले लगातार संविधान उ’ल्लंघन गरेको भन्दै विपक्षी पार्टीहरु एक ठाउँमा उभिनुपर्ने सन्देशसहित जसपाका नेताहरु देउवानिवास बूढानीलकण्ठ पुगेका हुन् ।

कांग्रेस सभापति देउवालाई भेट्न जसपाका कार्यकारी अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो गएका थिए । चार जनाबीच भएको भेट भरखरै सकिएको छ । बैठकले संसद्‌को अधिवेशन चाँडो बोलाउन दबाब दिने सहमतिसमेत गरेको बूढानीलकण्ठ स्रोतले जनाएको छ ।

स्रोतका अनुसार भेटमा जसपाका नेताहरूले प्रधानमन्त्री केपी ओलीले अध्यादेशका भरमा देश चलाउन खोजेको भन्दै त्यसविरुद्ध प्रतिपक्षी दलको साझा धारणा बनाउन जोड दिए थिए । ओलीले पुस १७ भित्र संसद् बैठक नबोलाए आउसक्ने परिस्थितिबारे पनि छलफल भएको बताइएको छ ।

ओलीले संसद नबोलाउने अवस्था देखिए विशेष महाधिवेशनका लागि समावेदनका लागि पनि तयारी अवस्थामा रहनुपर्नेमा जसपा नेताहरूले कांग्रेसलाई अग्रसरता लिन आग्रह गरेका छन् ।

उसो त, सभापति देउवाले कांग्रेस एक्लैको संख्याले विशेष महाधिवेशन माग गर्न शक्ति नपुगेको भन्दै नियमित अधिवेशन समयमै बोलाउन माग गरेका थिए । त्यसको भोलिपल्टै जसपा नेताहरू बूढानीलकण्ठ पुगेका हुन् ।

आज जनता समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेसबीच भएको समझदारी :
१. संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने ।

२ .लोकतन्त्रको रक्षा, भ्र’ष्टाचार, कोभिड-१९ को विविध पक्ष, आर्थिक सं’कटलगायत जनसरोकारका विषयमा संसद्‌मा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्