Logo

निर्माण सामाग्री आयातले अर्थतन्त्र लयमा फर्किएको संकेत


वैदेशिक व्यापारको तथ्यांकले नेपाली अर्थतन्त्र पुरानो लयमा फर्कन थालेको संकेत गरेको छ । निर्यातमा आएको सुधार तथा निर्माण तथा औद्योगिक कच्चा पदार्थको आयात वृद्धिले देशको कुल आयात विगतको विन्दुमा फर्काउने प्रयास गर्दा अर्थतन्त्र चलायमान हुन थालेको देखिएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आवको पहिलो पाँच महिना अर्थात्  मंसिर मसान्तसम्म आयात सामान्य घटेको छ भने निर्यातको सुधार यथार्थ अवस्थामा छ । आवको सुरुवाती दिनमा आयात एकचौथाइसम्म घटे पनि पाँच महिनाको अन्त्यसम्म वृद्धिदर १० प्रतिशतले ऋणात्मक छ ।

यता भन्सार राजस्व संकलनमा पनि सुध्रिएको छ । भन्सार विभागका अनुसार चालु आवको मंसिर मसान्तसम्ममा ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको छ । जुन गत आवको पाँच खर्ब ८१ अर्ब २५ करोड रुपैयाँ भन्दा ९.५९ प्रतिशत कम हो ।

यता निर्यात भने ५० अर्ब ५ करोड रुपैयाँबराबरको भएको छ । निर्यात ५.१२ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा ४७ अर्ब ६१ करोड रुपैयाँको निर्यात भएको थियो ।

आयात घटे पनि भन्सारमा आयातित वस्तुबाट संकलित हुने राजस्प ३.६  प्रतिशतले बढेको छ । चालु आवको मंसिर मसान्तसम्म १ खर्ब ५८ अर्ब ६६ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा एक खर्ब ५३ अर्ब १५ करोड रुपैयाँ राजस्व उठेको थियो ।

मंसिरम महिनामा गत आवको तुलनामा आयात घटे पनि भन्सार राजस्व भने बढेको छ । भन्सार स्रोतका अनुसार यो अवधिमा एमएस बिलेट, कोइला, निर्माण सामग्रीहरुको आयात सर्वाधिक भएको छ । जसले औद्योगिक कच्चा पदार्थको आयात भइरहेको र विकास निर्माणका काममा उपयोग भइरहेको देखाउँछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्