सभापति शेरबहादुर देउवा र समाजवादी पार्टीका शीर्ष नेताबिच भेटवार्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जनता समाजवादी पार्टीका शीर्ष नेताले भेटेका छन्।
जसपाका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष डा । बाबुराम भट्टराई र राजेन्द्र महतो देउवालाई भेट्न उनको निवास बूढानिलकण्ठ पुगेका हुन्। कांग्रेसका शीर्ष नेता पनि सहभागी भएका छन्।
बाबुराम भट्टराईका सहयोगी रोशन पोखरेलका अनुसार उनीहरूबीच छलफल जारी छ।उनले भने,‘जसपा र कांग्रेस नेताहरूबीच अपरान्ह ३ बजेदेखि छलफल जारी छ।’ उनका अनुसार सरकारलाई संसद खुलाउन दबाव दिनेबारे छलफल भइरहेको छ।