मुन्धुमस्टार डटकम – लोकप्रिय गायक तथा संगीतकार सुमन राईको नया गीत “साप्सु बगरमा” भिडियो सहित सर्बजानिक भएकोछ । फरक -फरक बिधामा संगीत भर्न सिपालु सुमन राई त्यतिकै मिठो पनि गाउन पछी पर्दैन , “साप्सु बगरमा “भूगोल संग मात्र जोडिएको छैन प्राकृती र आफ्नै परिबेश संग पनि जोडिएकोछ ।

यस गीतमा शब्द जैबी चाम्लिङ राईको साथै संगीत र स्वर सुमन राईको रहेकोछ । गीतको म्युजिक भिडियोमा अभिनय संगिता थापा मगर, अनिल थापा मगर ,अनिश मगरको रहेकोछ । भिडियोको निर्देशान सोमन पाख्रीनले गरेका हुन भने छायाङ्कन बुद्द थापा र भिडियो सम्पादन रमेश थापाले गरेका हुन । एक्सन स्टुडियोमा रेकर्ड भएको यो गीतको रेकर्डिस्ट सुबास कुथुमि गरेका हुन भने मिक्सिङ गोबिन्द सोनिले गरेका छन ।यो गीतको म्युजिक भिडियो सुमन
राईको अफिसियल युटुब च्यानल बाट सार्वजानिक गरिएकोछ ।

भिडियो लिंक यहाँ क्लिक गर्नुहोस ।