Logo

भ्र’ष्टचारी सकार ढाल्छौ: आलोक रायमाझी


काठमाडौं- तत्कालिन सरकारका वि’रुद्ध २२ दलले विगतदेखि जारी आ’न्दोलनका कार्यक्रमलाई निरन्तरता दिंदैे हिजो माइतीघर मण्डलाबाट वि’रोध र्‍याली निकाल्योे थियो ।

कार्यक्रम माइतीघर मण्डलामा आ’न्दोलनरत उखु किसानहरुको आन्दोलनलाई एक्यवद्धता जनाउँदै मनइतीघर मण्डलाबट शुरु भएको थियो ।

आन्दोलनमा २२ दलका नेताकार्यकर्ता, समर्थक र हजारौं जनसमर्थकहरुको बिशाल सहभागीता रहेको थियो ।

माइतीघर मण्डलाबाट शुरु भएको बिशाल जुलुस भ्र’ष्टाचारीलाई का’रबाही गर, भ्र’ष्ट सरकार चाहिँदैन, रा’ष्ट्रघाती एमसिसि सम्झौता खारेज गर, कालापानी हाम्रो हो, अध्यादेश खारेज गर, भारतीय से’ना कालापानी छोड लगायतका प्लेकार्ड सहित नारा लगाउँदै अगाडि बढ्को थियो ।

विशाल विरोध जुलुस नयाँ बानेश्वरमा पुगि वि’रोध सभामा परिणत भयो । विरोध सभालाई संवोधन गर्दै नेकपा (माओवादी केन्द्र)को सचिव आलोक रायमाझिले सम्बोधन गरेका थिए । उनले भने ‘ यो भ्र’ष्ट र द’लाल सरकार शसक्त बिरोध मात्र होइन भुइमा नेपाली जनताले बुटले कुल्चने छ ।’

यसैगरी उक्त विरोधसभालाई संबोधन गर्ने क्रममा वैज्ञानिक समाजवादी पार्टीका तर्फबाट धनकुमारी सुनार, नेकपा (मार्क्सवादी) का तर्फबाट गणेशबहादुर कटुवाल, जन समाजवादी पार्टी, नेपालका तर्फबाट अध्यक्ष सुुवास राज काफ्ले, नेकपाका तर्फबाट लोकराज सुवेदी, नेकपा (माले) का तर्फबाट कृष्ण राना, राष्ट्रिय जनमोर्चा, नेपालका तर्फबाट सभासद दुर्गा पौडेल र नेकपा (क्रान्तिकारी माओवादी) का तर्फबाट सिपी गजुरेलले विशेष संबोधन गर्दै आ-आफ्ना महत्त्वपूर्ण भनाईहरु राख्नु भएको थियो ।

उक्त विरोध जुलुसमा नेकपा (माओवादी केन्द्र), नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनतान्त्रिक मोर्चा, नेपाल, नेकपा,राष्ट्रिय जागरण मञ्च, जन समाजवादी पार्टी, नेपाल, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद, नेपाल, वैज्ञानिक समाजवादी पार्टी, नेकपा (बोल्शेभिक), राष्ट्रवादी केन्द्र, नेपाल, एमसिसि खारेज अभियान, नेपाल, पुष्पलाल अध्ययन,समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल), नेकपा (माओवादी) र समाजवादी राष्ट्रिय मञ्च,नेपाल लगायत २२ दलका हजारौं नेताकार्यकर्ता र सर्वसाधारणको विशाल उपस्थिति रहेको थियो ।

बाकी भिडियोमा :

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्