Logo

खुमलटारमा दुई अध्यक्षबीच छलफल सुरू


नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन्।

पार्टीभित्रको जारी गतिरोधका कारण पछिल्लो समय दुई अध्यक्षकाबीच तीव्र धुर्वीकरण भइरहेको छ। यसैकाबीच प्रम ओली दाहाल निवास खुमलटार पुगेका हुन्।

पछिल्लो समय दाहाल र नेपाल समूहले पार्टीभित्र ओलीलाई अप्ठ्या’रोमा पारेको सन्दर्भमा प्रचण्ड निवासमा नै ओली पुग्नुलाई अर्थपूर्ण मानिएको छ। पछिल्लो समय संवैधानिक परिषद सम्बन्धी विधयेक सरकारले ल्याएपछि नेकपाभित्रको वि’वाद उत्कर्षमा पुगेको छ।

शुक्रबार बालुवाटारमा भएको भेटमा प्रचण्डले ‘म मात्रै आइरहन्छु तपाईंपनि मेरोमा आउन हुन्छ नी’ भनेपछि ओली खुमलटार पुगेका हुन्। खुमलटारमा  अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’बीच छलफल भइरहेको जानकारी ओलीका प्रेस सल्लाहकारले जनाएका छन्। ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्