Logo

 प्रदेश खेलकूद परिषद् चाँडै गठन हुन्छ : मुख्यमन्त्री शेरधन राई


प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले  प्रदेश खेलकूद परिषद् चाँडै गठन गर्ने जानकारी दिँदै सङ्घीयता स्थापनापछि खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा धेरै उपाधि हासिल गरी राष्ट्रको नाम विश्वस्तरमा राखेको बताएका छन् ।

आइटिफ तेक्वान्दो सङ्घद्वारा शुक्रबार आयोजित प्रदेशस्तरीय प्रथम तेक्वान्दो टेक्निकल समिनार कोर्सको यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेर यस क्षेत्रका राष्ट्रिय प्रतिभालाई सम्मान गर्ने गरेको बताए ।

मुख्यमन्त्री राईले प्रदेश सरकार यस क्षेत्रमा  एक पालिका एक मैदान अवधारणाले काम गरिरहेको जानकारी दिँदै खेलकूदको आवश्यक विकासका लागि चाहिने पूर्वाधार एवं प्रशिक्षण उपलब्ध गराई खेलकूदको विकास गर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी मोरङका अध्यक्ष एवं आइटिफ स्थापक जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले खेलाडीले अनुशासित भई विश्व खेल प्रतिस्पर्धामा नेपालको नाम उच्च राख्न शुभकामना दिए ।

आइटिएफका केन्द्रीय अध्यक्ष अन्जन धमलाले कोरोना माहामारीबाट सबैभन्दा पीडित खेलकूद क्षेत्र भएको बताउँदै खेलकूद सङ्घसंसको नेतृत्व राजनीतिक भागबण्डाले चयन हुँदा यस क्षेत्रले फड्को मार्न नसकेको बताए ।

प्रदेशका १३ जिल्लाका पाँच वर्षदेखि २३ वर्षसम्मका दुई सय खेलाडीले  दुई दिने सेमिनारमा  सैद्धान्तिक प्राविधिक, व्यावहारिक, आत्मसुरक्षा र निर्णायक सम्बन्धमा प्रशिक्षण लिने बताइएको छ । रासस

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्