Logo

ओली प्रचण्ड भेट्न उनकै निवास खुमलटारजादै ,नेम्वाङ भन्छन्– प्रचण्डकै बोलावट


पार्टीभित्र स’ङ्कट गहिरिँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली आफैं पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न उनकै निवास खुमलटार पुगेका छन् । प्रधानमन्त्री ओली शनिबार बिहान १० बजे खुमलटार आइपुग्नेगरी खबर पठाएको प्रचण्डनिकट स्रोतले जानकारी दियो ।

“प्रधानमन्त्री आउँदै हुनुहुन्छ भनेर खबर आएको थियो । सुरक्षालाई पनि जानकारी गराइएको रहेछ,” प्रचण्ड स्रोतले भन्यो । संसदीय दलका उपनेता सुवास नेम्वाङले बालुवाटार बसेर भेटघाट र संवादको तारतम्य मिलाएको बालुवाटार स्रोत बताउँछ ।

प्रधानमन्त्री ओली खुमलटार जानेभएपछि नेकपाभित्र तरङ्ग उत्पन्न भएको छ । पार्टी विभाजनको बलियो आधार तयार पार्न समानान्तर भेला, बैठक, छलफल गर्दै आएका नेकपाका नेताहरू चकित परेका छन् । उनले खुमलटारगमनलाई ओली लचिलो हुने सङ्केतका रूपमा बुझेका छन् । र, त्योभन्दा बढी राजनीतिक सन्देशका रूपमा ।

“अप्ठ्या’रो परेपछि ओली जे पनि गर्न तयार हुनुहुन्छ र जस्तासुकै सम्झौता गर्न तत्पर देखिनुहुन्छ भन्ने देखिएकै हो । आजको खुमलटारगमन पनि त्यसकै निरन्तरता हो,” नेकपाका एक नेताले भने, “राजनीतिक तहको छलफलका लागि ओली खुमलटार टेकेको पहिलोपटक हो ।”

नेम्वाङ भन्छन्– प्रचण्डकै बोलावट

शुक्रबार साँझ पनि ओली र प्रचण्डबीचको छलफलले निरन्तरता पाएको थियो । तर, कुराकानी त्यति सकारात्मक नभएको र नियमित संवादको रूपमात्रै पाएको प्रचण्ड स्रोतको जिकिर थियो ।

तर, नेम्वाङका अनुसार आजको भेटघाटको वातावरण हिजै तय भएको थियो । बाह्रखरीसँगको कुराकानीमा उनले भने, “उहाँले अलिक अगाडिदेखि नै निम्ता गरिराख्नुभएको थियो । मेरोमा तपाईं आउनुभएको छैन, आउनुस् भने । हिजो पनि भेट भएको थियो, बालुवाटारमा । प्रधानमन्त्रीजीले शनिबार आउँछु भनेर जवाफ दिनुभएको रहेछ । अहिले जाँदै हुनुहुन्छ ।”

ओली–प्रचण्डबीच केही नयाँ समझदारी हुँदैछ ? भन्ने प्रश्नमा नेम्वाङले अहिलेको भेटघाटलाई त्यता नजोड्न आग्रह गरे ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्