Logo

प्रचण्डद्वारा प्रधानमन्त्रीलाई अध्यादेश फिर्ता लिन माग


प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ। शुक्रबार साँझ ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन्।

उनले प्रधानमन्त्रीलाई संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै आएका छन्। बिहीबार पनि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच भेट भएको थियो।

भेटमा प्रचण्डले अध्यादेश फिर्ता लिन भनेका थिए। तर प्रधानमन्त्रीले ओलीले भने अझै केही परामर्श गरेरमात्रै फिर्ता लिने जवाफ दिएका थिए।

मंगलबार प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए भने बुधबार फिर्ता गर्न तयार भएका थिए। यद्यपि अध्यादेशबारे मन्त्रिपरिषदमा जानकारी गराइएको थिएन।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्