Logo

को’रोना सं’क्र’मण फै’लिएको निष्कर्ष निकाल्दै आजबाट आंशिक ल’कडा’उन,


कञ्चनपुरको दोधारा-चाँदनीका नामले चिनिँदै आएको महाकाली नगरपालिकामा आजबाट आंशिक लकडाउन गरिएको छ । कोरोना सं’क्रमण समुदायस्तरमा फैलिएको निष्कर्ष निकाल्दै नगरपालिकाले आंशिक लकडाउनको निर्णय गरेको हो ।

नगरपालिमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले पुस ९ गतेसम्म नगरपालिकाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।यस्तै बैंकहरु बिहान १० देखि दिउँसो १ बजेसम्म खोल्न पाइने, किराना-खाद्यान्‍नलगायत पसल पनि १० देखि १ बजेसम्म मात्रै खोल्न पाइनेछ । नगरपालिका र वडा कार्यालयमा अत्यावश्यकबाहेकका सेवामा रोक लगाइएको छ ।

अत्यावश्यकबाहेकका सवारीसाधन बन्दसँगै भारतबाट आयात हुँदै आएका माछा, मासुलगायत सबै सामान दुईतर्फी रुपमा बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

दोधारा-चाँदनी महाकालीपारिको नगरपालिका हो भने सो क्षेत्र भारतीय सीमासँग जोडिएको छ । खुला सीमाना भएका कारण सो क्षेत्रमा दुवै देशका नागरिक नेपाल तथा भारतमा सहज आउजाउ गर्दै आएका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्