Logo

कांग्रेस किन मौन छ राष्ट्रपति भण्डारी प्र्ती, कही नातवाद त होईन ?


राष्ट्रपति विद्यादेवी भण्डारीमाथि आ’रोप छ- प्रधानमन्त्री केपी ओलीको ‘रबर स्ट्याम्प’ बनेको । यस्तो भनिनुको कारण हो, मन्त्रिपरिषद्ले पठाएका अध्यादेशहरु तत्कालै जारी गर्नु । संवैधानिक परिषद्सम्बन्धी नेकपाभित्रै तीव्र वि’वाद भएको अध्यादेश तत्कालै जारी गरेपछि राष्ट्रपति भण्डारी थप वि’वादमा तानिइन् ।

नेकपाका नेताहरु भीम रावल र पम्फा भुसाल संसद्‌को विशेष महाधिवेशन माग गर्दै एकतिहाइ सांसदको हस्ताक्षरसहित बुधबार शीतलनिवास पुगे । तर, परिषद् अध्यक्ष रहेका प्रधानमन्त्री ओलीकै इशारामा उनीहरुको समावेदन नलिइएको भन्दै नेकपाभित्रैबाट आ’रोप लाग्यो । सत्तारुढ दल नेकपाभित्रै राष्ट्रपति भण्डारी नेकपाकै एक अमूक गुट (अध्यक्ष केपी ओली) को पक्षमा लागेको आरोप छ । उसो त, उनले नेकपाभित्र एक अध्यक्ष ओली संकटमा पर्दा सक्रियता बढाउने गरेकी छन् ।

नेकपाभित्रैबाट जति उनको आ’लोचना हुने गरेको छ, त्यसको तुलनामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने नरम देखिन्छ । संवैधानिक परिषद्को अध्यादेश जारी गरेपछि राष्ट्रपतिसमेतको चर्को आ’लोचना भइरहँदा कांग्रेसले पनि वि’रोध गर्‍यो । तर, उसले राष्ट्रपतिबारे भने बोलेन । राष्ट्रपतिका विषयमा कांग्रेसको मौनतालाई कतिपयले अर्थपूर्ण ठानेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासमात्र मानिने एक पदाधिकारीले राष्ट्रपतिभन्दा कांग्रेसको निशानामा कार्यकारी प्रधानमन्त्री नै हुने गरेको बताए । पहिला राजालाई गा’ली गरेजस्तो अहिले राष्ट्रपति संस्थालाई गा’ली गर्दा कतै गणतन्त्रप्रति नै वितृ’ष्णा पैदा हुने त होइन भन्ने भय पनि रहेको उनले सुनाए ।

“राष्ट्रपतिको आलोचना गर्दा उनी पनि राजाजस्तै रहेको सन्देश जाने र त्यसले व्यवस्थामाथि नै प्रश्न उठ्ने भएकाले कांग्रेसले औपचारिक रुपमा राष्ट्रपतिमाथि प्रश्न नउठाएको हो ।”

कांग्रेसले औपचारिक रुपमा आफ्ना विज्ञप्ति र संस्थागत धारणामा राष्ट्रपतिबारे मौन रहेपनि कांग्रेसका केही नेताले भने राष्ट्रपतिको चर्कै आ’लोचना गर्ने गरेका छन् । कैलालीको धनगढीमा आयोजित सरकारविरुद्धको सभालाई सम्बोधन गर्दै कांग्रेस नेता गगन थापाले राष्ट्रपतिको आलोचना मात्र गरेनन्, रहर भए चुनाव लड्न आउन पनि चे’तावनी नै दिए ।

राष्ट्रपतिले आफ्ना सीमा नबुझेको भन्दै थापाले प्रश्न उठाए । “राष्ट्रपति श्री ५ बडामहारानी बन्न खोज्नुभएको हो ? राष्ट्रपति महोदय आँखा नचम्काइबक्स्योस्, हात नलम्काइबक्स्योस्, हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न आइबक्स्योस्,” थापाको चे’तावनी थियो ।

तर, सभापति शेरबहादुर देउवाले भने हेटौंडामा आयोजित समारोहमा सरकारको मात्र विरोध गरका थिए । अध्यादेशपछि बसेका कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक भने राष्ट्रपतिबारे मौन देखिन्छ ।

राष्ट्रपतिप्रति कांग्रेस नरम हुनुमा केही पारिवारिक सम्बन्धले पनि काम गरेको कतिपयको बुझाइ छ । कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिने ज्ञानेन्द्र कार्कीका भाइ र पूर्वराष्ट्रपति रामवरण यादवको परिवारसँग उनको पारिवारिक सम्बन्ध छ । त्यस्तै, कांग्रेसका महिला नेतृ किरण यादव उनकी सम्धिनी हुन् ।

त्यसैले पनि कांग्रेसका महिला नेतृहरुले समेत उनीप्रति सद्‌भाव राख्‍ने गरेका छन् । त्यसैले पनि महिला हिं’सावि’रुद्धको १६ दिने अभियानका क्रममा उनले कांग्रेस नेतृ सुजाता कोइरालासहित महिलाहरुलाई डाकेर आफूमाथि प्रधानमन्त्रीसँग नाम जोडेर हिं’सा हुने गरेको बताएकी थिइन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्