Logo

स्थायी कमिटी बैठक सकियाे, हेर्नुस् निर्णय


सत्तारूढ दल नेकपा स्थायी समितपकाे बैठक सकिएकाे छ। सरकारले अध्यादेश ल्याएपछि निकै पचिलाे बनेकाे परिबेशले नेकपा बैठक नहुनसक्ने अड्कबाजीहरु चलेका थिए । भने यता नेकपा बिभाजन हुने निश्चित प्रायजस्ताे देखिएकाे थियाे ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक सकिएकाे जानकारी दिए । उनका अनुसार सरकारले हिजाे ल्याएकाे अध्यादेश फिर्ता हुने जानकारी दिए । यस्तै बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले अर्को बैठक पुस ५ गते बस्ने भएको छ । त्यस्तै पुस १० गते केन्द्रीय कमिटी बैठक बोलाइएको जानकारी दिए ।

बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

ओलीले संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत जनाएका थिए । यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको थियाे । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी बनेका थिए ।

स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डसँगको छलफलमा सहभागी एक नेताले अनलाइनखरलाई दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएका थिए ।

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको थियाे ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्