Logo

लगाएको आरोप फिर्ता लिन ओली-प्रचण्ड सहमत भएको प्रधानमन्त्री निकट स्रोतको दाबी


दोस्रो छलफलमा प्रधानमन्त्री ओली अध्यादेशसँगै भदौ २६ यता भए/गरेका सबै राजनीतिक निर्णयसमेत फिर्ता लिन सहमत भएको प्रधानमन्त्री निकट उच्च स्रोतले जानकारी दियो।

‍‘एक-अर्काको आरोपपत्र फिर्ता लिएर एउटै प्रस्ताव तयार पार्ने, भदौ २६ पछिका सबै विवाद खारेज गर्ने, पुराना आरोप पत्र फिर्ता लिएर सहमतिमा नयाँ प्रस्ताव तयार पार्ने दुई अध्यक्षबीच सहमति भयो’,प्रधानमन्त्री निकट स्रोतले सेतोपाटीसमक्ष दाबी गरेको छ ।

यद्यपी यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

स्थायी समिति बैठकअघि अध्यक्षद्वय ओली–दाहाल र महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो।

छलफलमा स्थायी कमिटी बैठकमा सामूहिक प्रस्ताव लैजानेसमेत सहमति भएको स्रोतले जानकारी दियो।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्