Logo

पम्फाभुसाललगायतका सांसदहरु टोली निवेदन दर्ता गर्न पाँच घण्टादेखि शीतलनिवासमा


नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा सहमति भएको अनौपचारिक खबर बाहिरिए पनि स्थायी कमिटी सदस्य भीम रावल र पम्फाभुसाललगायतका सांसदहरु भने निवेदन दर्ता गराउन राष्ट्रपति भवन शितल निवासमै छन्।

ओली र प्रचण्डबीच सरकारले मंगलबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र संसदको विशेष अधिवेशन माग गर्दै पेस भएको निवेदन दुबै फिर्ता गर्ने सहमति भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिए पनि सांसद रावललगायतका प्रचण्ड–माधव नेपाल समूहका सांसदहरु भने दिउँसो १२: ४८ बजेदेखि निवेदन दर्ता गराउन शीतलनिवासमै छन् ।

राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल अनुपस्थित भनेपछि सांसदहरुको हस्ताक्षरसहितको निवेदन दर्ता हुन नपाएको हो। निवेदनमा विशेष अधिवेनशनका लागि नेकपाका ८३ जना सांसदको हस्ताक्षर छ ।

हामीले संविधानको धारा ९३ को उपदफा ३ अनुसार संवैधानिक अधिकार प्रयोग गरेर संसदको विशेष अधिवेशन माग गरेको हौं। बिहान १२:४८ बजेखि अहिलेसम्म राष्ट्रपति कार्यालयमा संघीय संसदको विशेष अधिवेशन आव्हानका लागि निवदेन दर्ता गराउन बस्यौं। हामी पार्टीका स्थायी समिति सदस्य हौं । पुर्वमन्त्री पनि हौं। दिनभरी कुराएर अपमान गर्न मिल्छ?,’ राष्ट्रपति कार्यालयबाट नेता भीम रावलले  भने,‘ निवदेन दर्ता गरिएन। दर्ता नम्बर पनि दिइएन् । हामी दर्ता नम्बर लिएर मात्रै जाने हो।’

रावलले हामीलाई यसरी कुराउनु सरासर गलत भएको प्रतिक्रिया दिए। ‘कहिले सम्माननीयसँग कुरा गर्छु भन्ने, कहिले के भन्ने यो सरासर अन्याय भयो’, उनले भने।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्