Logo

विश्वकप लिग २ शुरु हुँदै, दुई वर्षभित्र नेपालले ८ सिरिज खेल्ने


अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले तय गरेको नयाँ मितिअनुसार नेपालले आगामी मार्चदेखि २०२३ को फेब्रुअरीसम्ममा ८ वटा सिरिज खेल्ने तय भएको छ।

सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको रूपमा रहेको लिग-२ को खेल कोरोना कारण एक वर्ष धकेलिएको छ। यसअघि सन् २०२२ मा लिग-२ सकिने तालिका थियो।

लिग-२ मा नेपालले अहिलेसम्म एउटा मात्र त्रिकोणात्मक सिरिज खेलेको छ। गत वर्ष नेपालमा भएको सिरिजमा नेपालले अमेरिका र ओमानसँग प्रतिस्पर्धा गरेको थियो।

सिरिजमा नेपालले २ खेलमा जित र २ खेलमा हार बेहोरेको थियो। अब नेपालले आफ्नो दोस्रो सिरिज आगामी १९ देखि २८ मार्चमा ओमान खेल्ने भएको छ। आइसिसीका अनुसार यो सिरिजमा पनि नेपाल, ओमान र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ।

त्यसपछि आगामी जुलाईमा नेपालले स्कटल्यान्डमा अर्को सिरिज खेल्नेछ। सो सिरिजमा नेपालसहित स्कटल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ।

लिग–२ मा नेपालसहित नामिबिया, ओमान, पपुवा न्युगिनी (पिएनजी), स्कटल्यान्ड, युएई र अमेरिका छन्।

एक सिरिजमा ६ एकदिवसीय खेल हुनेछन् भने एक टिमले चार खेल खेल्नेछ।

प्रत्येक टिमले लिग-२ का सबै खेल गरी ३६ वटा खेल खेल्नेछ।

एक टिमले ९ वटा सिरिजमा प्रतिस्पर्धा गर्नेछन्। जसमा नेपालले एक सिरिज खेलको छ भने बाँकी ८ वटा सिरिज २०२३ को फेब्रुअरीसम्ममा खेल्नेछ।

३६ एकदिवसीय खेल मध्ये नेपालले ४ खेल खेल्दा अझै ३२ खेल खेल्न बाँकी छ।

लिग-२ मा १० खेल खेलिसकेको ओमान १६ अंक जोडेर शीर्ष स्थानमा छ भने दोस्रो स्थानको अमेरिकाको १२ खेलबाट १२ अंक छ।

तेस्रो स्थानको स्कटल्यान्डको ८ खेलबाट ९ अंक, चौथो स्थानको नामिबियाको ७ खेलबाट ८ अंक, पाँचौ स्थानको युएईको ७ खेलबाट ७ अंक र छैटौं स्थानको नेपालको ४ खेलबाट ४ अंक छ। सातौं स्थानको पपुवा न्युगिनीले ८ खेलबाट अंक जोड्न सकेको छैन।

लिग-२ मा नेपालको खेल तालिका
ओमान, अमेरिका र नेपाल –  आगामी १९ देखि २८ मार्च – ओमानमा
स्कटल्यान्ड, नेपाल र नामिबिया – आगामी जुलाईमा – स्कटल्यान्डमा
नेपाल, युएई र पपुवा न्युगिनी-  फेब्रुअरी २०२२- नेपालमा
नामिबिया, स्कटल्यान्ड र नेपाल – २०२२ को २५ मार्चदेखि ५ अप्रिलसम्म – नामिबियामा
अमेरिका, नेपाल र ओमान – जुलाई २०२२-  अमेरिकामा
पपुवा न्युगिन, युएई र नेपाल –  २०२२ को २२ सेम्टेम्बर देखि २ अक्टोबरसम्म – पपुवा न्युगिनीमा
नेपाल, नामिबिया र स्टकल्यान्ड- २०२३ को फेब्रुअरीमा- नेपालमा
युएई, पपुवा न्युगिनी र नेपाल – २०२३ को  फेब्रुअरीमा-  युएईमा

यसरी हुनेछ विश्वकप छनोट
लिग–२ होम एन्ड अवेका आधारमा हुनेछ। प्रत्येक टिमले २ वर्षको बीचमा ३६ खेल्नेछन्। लिग–२ का उत्कृष्ट ३ टिम आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा छनोट हुनेछन्। पुछारका ४ टिम आइसिसी क्रिकेट विश्वकप छनोटको प्लेअफ प्रतियोगितामा धकेलिनेछन्।

विश्वकप क्रिकेट लिगको सबै डिभिजन हटाएको आइसिसीले १२ राष्ट्रको लागि आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिग आयोजना गर्नेछ। २ समूहमा हुने प्रतियोगितामा बर्मुडा, क्यानडा, डेनमार्क, हङकङ, इटाली, जर्सी, केन्या, मलेसिया, कतार, सिंगापुर, युगान्डा र भानुआटुबीच प्रतिस्पर्धा हुनेछ। दुई वर्ष चल्ने यो लिगबाट २ टिम विश्वकप छनोटको प्लेअफ प्रतियोगितामा पुग्नेछन्।

प्लेअफमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। प्लेअफबाट २ टिम विश्वकप छनोट प्रतियोगितामा पुग्नेछन्।

विश्वकप छनोटमा प्लेअफका २ टिम,  लिग–२ को ३ टिम र आइसिसी क्रिकेट विश्वकप सुपर लिगका पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।

त्यसअघि आइसिसी क्रिकेट विश्वकप सुपर लिगमा सन् २०२२ मै १३ टिम प्रतिस्पर्धा हुनेछ। सुपर लिगमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, न्युजिल्यान्ड, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका, पाकिस्तान, वेस्ट इन्डिज जिम्बावेबीच प्रतिस्पर्धा हुनेछ। उत्कृष्ट ८ टिम सिधैं विश्वकपमा पुग्नेछन्। ५ टिमले छनोट खेल्नेछन्।

छनोटमा १० टिमबीच भिडन्त हुनेछ। जहाँबाट २ टिम विश्वकपमा पुग्नेछन्। यसरी ५ वर्षको छनोट खेलेका १० टिमले भारतमा २०२३ मा आयोजना हुने विश्वकपमा भिड्नेछन्।

आइसिसी क्रिकेट विश्वकप सुपर लिग 
१३ टिम– १५६ खेल – प्रत्येक टिमको २४ खेल
टिमहरु – अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, न्युजिल्यान्ड, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका, पाकिस्तान, वेस्ट इन्डिज, जिम्बावे
उत्कृष्ट ८ टिम – विश्वकप २०२३ का लागि छनोट
पुछारका ५ टिम– आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा खेल्नु पर्ने

आइसिसी क्रिकेट विश्वकप लिग –२ 
७ टिम– १ सय २६ खेल– ३६ खेल प्रति टिम
टिमहरु – स्टकल्यान्ड, नामिबिया, नेपाल, ओमान, पपुवा न्युगिनी, युएई र अमेरिका
उत्कृष्ट ३ टिम– आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा
पुछारका ४ टिम–  आइसिसी क्रिकेट विश्वकप छनोट प्लेअफमा

आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ए
आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिग बी 

दुवै समूहमा ६–६ टिम
९० खेल – प्रत्येक टिमको १५ खेल
टिमहरु – बर्मुडा, क्यानडा, डेनमार्क, हङकङ, इटाली, जर्सी, केन्या, मलेसिया, कतार, सिंगापुर, युगान्डा, भानुआटु
समूह ए र बी विजेता गरी २ टिम – आइसिसी क्रिकेट विश्वकप प्लेअफमा

आइसिसी क्रिकेट विश्वकप छनोट प्लेअफ 
६ टिम
आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिगका २ टिम
आइसिसी क्रिकेट विश्वकप लिग –२ का पुछारका ४ टिम
२ टिम आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिता लागि छनोट

आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिता २०२३ 
१० टिमबीच प्रतिस्पर्धा

आइसिसी विश्वकप सुपर लिगको पुछारका ५ टिम

आइसिसी विश्वकप लिग-२ का शीर्ष ३ टिम

आइसिसी क्रिकेट विश्वकप प्लेअफका २ टिम

२ टिम आइसिसी विश्वकप २०२३ का लागि छनोट

विश्वकप २०२३

१० टिम

आइसिसी क्रिकेट विश्वकप सुपर लिग (२०२०–२०२२) – ८ टिम

आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिता २०२३ – २ टिम

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्