Logo

प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत


प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् । यो सहमतिसँगै प्रधानमन्त्री ओली बालुवाटारमा बसिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा सहभागी भएका छन् ।

सरकारले हिजो (मंगलबार) मात्र अध्यक्षसहित तीन जनाकै उपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।

उक्त आध्यादेशको नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयको बहुमत सदस्यले त्यसको विरोध गरिरहेका थिए । त्योसँगै आज (बुधबार) स्थायी कमिटीमा छलफल गरेर अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन दिने नेताहरुको तयारी थियो ।

त्यस्तै, प्रचण्ड-नेपाल पक्षका नेताहरु अध्यादेशबारे छलफलका लागि विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालय पुगेपछि प्रधानमन्त्री ओली अप्ठ्यारो परेको थियो । त्यस लगत्तै ओलीले प्रचण्डलाई टेलिफोन गरेर शीतल निवास पुगेका नेताहरुलाई फिर्ता बोलाउन आग्रह गरेका थिए ।

जवाफमा प्रचण्डले अध्यादेश पहिले फिर्ता लिनुपर्ने अडान लिएका थिए । दुवै नेता आ-आफ्नो अडानमा बसेपछि दुबै पक्षका नेताहरुको पहलमा दुई अध्यक्षबीच बालुवाटारमा वार्ता सुरु भयो । स्थायी कमिटी सदस्यत्रय सुवास नेम्वाङ, शंकर पोखरेल, घनश्याम भुसालको पहलमा भएको अध्यक्षद्धयको वार्तामा केही समयपछि महासचिव विष्णु पौडेल समेत सहभागी भएका थिए । उक्त छलफलबाट यस्तो सहमति बनेको हो।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्