Logo

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अ’विश्वास प्रस्ताव ल्याएर पदबाट हटाउनुपर्छ : तरूण दल


नेपाल तरूण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभि’योगबाट हटाउन माग गरेको छ।आज विज्ञप्ति जारी गर्दै तरूण दलका अध्यक्ष जितजंग बस्नेतले राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अ’विश्वास प्रस्ताव ल्याएर पदबाट हटाउनुपर्ने उल्लेख गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेकोमा तरूण दलले वि’रोध गरेको हो। ‘राष्ट्रपतिको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संबिधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअ’भियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदबाट हटाइ मुलुकलाई सं’कटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ,’ अध्यक्ष बस्नेतले निकालेको विज्ञप्तिमा भनिएको छ।

सरकारले महिनौंदेखि संसदलाई ब’न्धक बनाएको आ’रोप तरूण दलको छ। उपसभामुख पद खाली राखेर प्रधानमन्त्रीले स्वेच्छाचारी तरिकाले अध्यादेश ल्याएको तरूण दलको भनाइ छ।

‘स्वेच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावनावि’परीत छ। त्यसैले उक्त अध्यादेश तुरुन्त फिर्ताका लिन र जारी अध्यादेशलाई टेकेर तत्काल कुनै पनि निर्णय नगर्न तरुण दल केन्द्रीय समिति अनुरोध गर्दछ,‘ उनले भनेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अ’विश्वास प्रस्ताव ल्याएर पदबाट हटाउनुपर्छ

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्