Logo

अध्यादेशपछि बसेको संवैधानिक परिषदले नियुक्तिबारे गरेन कुनै निर्णय


काठमाण्डौ- अध्यादेश ल्याएपछि मंगलबार साँझ बसेको संवैधानिक परिषदमा बैठकमा विभिन्न आयोगमा नियुक्तिबारे छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषदको बैठकमा विभिन्न आयोगमामा गरिने नियुक्तिबारे छलफल भए पनि कुनै निर्णय नभएको राष्ट्रियसभा अध्यक्षका प्रेस विज्ञ अशोक पौडेलले बताए।

बैठकमा परिषद अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना  र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामात्रै उपस्थित थिए।

छ सदस्यीय संवैधानिक परिषदमा एक सदस्य खाली छ। प्रतिनिधिसभाको उपसभामुख पद खाली रहेकाले पाँच सदस्य मात्रै छन्।

प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित थिए।

यसअघि बिहान ९ बजे बसेको बैठकमा देउवा उपस्थित भएपनि सापकोटा अनुपस्थित थिए। सभामुख अनुपस्थित भएपछि ५ बजे बस्नेगरी बैठक स्थगित भएको थियो।

परिषद बैठकलगत्तै मन्त्रिपरिषद बैठक बसेको थियो। मन्त्रिपरिषद बैठक सकिएको केही बेरमा राष्ट्रपतिले अध्यादेश जारी गरेकी थिइन्। मन्त्रिपरिषद बैठकमा अध्यादेशबारे छलफलनै भएको थिएन।

अध्यादेश अनुसार विपक्षी दलको नेता र सभामुख उपस्थित नभए पनि परिषद बैठक बस्न सक्छ।त्यही अध्यादेशको आधारमा परिषदको बैठक बसेको हो।

बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष ओलीका साथै प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना सहभागी भए । विपक्षी दलका नेता कांग्रेस सभापति देउवा र सभामुख महरा सहभागी भएनन् ।

बैठकमा संवैधानिक निकायहरुमा रिक्त पदमा पदपूर्तिबारे छलफल भएको राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले बताएका छन् । ‘आज नामहरुमा छलफल भयो । त्यसको फाइनल भोलि मात्र ल्याउने कुरा भएको छ, उनले भनेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्