Logo

खुमलटारमा पाँच जना सचिवालय सदस्यको भेला


बिना राई, काठमाडौ-प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश ल्याएलगत्तै बहुमत सचिवालय सदस्य खुमलटारमा भेला भएका छन्।

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भएको भेलामा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।

यसअघि प्रचण्डले सार्वजनिक रूपमा अध्यादेश फिर्ता लिनुपर्ने माग गरेका थिए।

वरिष्ठ नेता झलनाथ खनालले पनि कुराकानी गर्दै सरकारले मनपरी गरिरहेको प्रतिक्रिया दिएका थिए।

संवैधानिक परिषदमा विपक्षी दलका नेता र सभामुख सहभागी नभए पनि बैठक बस्न मिल्नेगरी प्रधानमन्त्रीले अध्यादेश ल्याएका छन्।

अध्यादेशलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरिसकेकी छन्।

अध्यादेशबारे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा भने कुनै छलफल समेत गरेका थिएनन्

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्