संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार्य : विमलेन्द्र निधि
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संवैधानिक परिषदसम्बन्धी अध्यादेश स्वीकार्य नहुने बताएका छन्। मन्त्रिपरिषद् बैठकमा छलफल नै नभई राष्ट्रपतिबाट मंगलबार अध्यादेश जारी भएको थियो।
त्यसको विरोध गर्दै उपसभापति निधिले फेसबुकमा उक्त अध्यादेश स्वीकार्य नहुने बताएका हुन्। साथै उनले अध्यादेश संविधान र प्रणालीमाथि नांगो आक्रमण भएको उल्लेख गरेका छन्।
आज अचानक आएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो। संविधान र प्रणालीमाथि नां’गो आ’क्रमण हो। घोर भ’र्त्सना गर्दछु। यो अध्यादेश स्वीकार्य हुँदैन,’उनले फेसबुकमा लेखेका छन्।