नेपालमा ओपोको ८जिबी र्याम र १२८ जिबी स्टोरेज भएको फोनको मुल्य कती ?
सेल्फी एक्सपर्टको रूपमा परिचित ‘ओप्पो’ ले नेपालमा राम्रो बजार पाएको छ। यो चिनीयाँ ब्राण्डको स्मार्टफोन हो।
ओप्पोको ‘ए’ र ‘एफ’ सिरिजका फोन बढी चल्तीमा छन्। कम्पनीले भर्खरै एफ सिरिजअन्तर्गत ‘ओपो–एफ१७’ बजारमा ल्याएको छ।
ग्राहकको माग बमोजिम विशेषगरि उपभोक्तालार्ई रातिका समयमा पनि गुणस्तरीय फोटो दिने उद्देश्यले ‘एफ१७’ ल्याएको कम्पनीका पब्लिक रिलेसन म्यानेजर सुरज महर्जन बताउँछन्।
उनका अनुसार यो स्मार्टफोन मध्यम मूल्यमा उपलब्ध छ। केही महिनायता सार्वजनिक गरिएको यो फोनमा के के छन् विशेषता?
डिजाइन
ग्राण्डियट डिजाइन प्रयोग यो स्मार्टफोन ६.४ इञ्चको फुल एचडी डिस्प्लेमा छ। मोबाइलको स्क्रिनको साइज तुलनात्मकरूपमा ठूलो भएका कारण उपभोक्ताले मनोरञ्जनका साथ गेम खेल्न सक्छन्।
७.४५एमएम मोटाई र १६३ ग्राम तौल भएको यो फोन सहजै पकेटमा अटाउँछ। यसमा प्रयोग गरिएको कोरिला ग्लासले फोन झरिहाल्दा पनि हत्तपत्त फुट्नबाट बचाउँछ।
क्यामराः
यसमा १६ मेगापिक्सलको वाइड, ८ मेगापिक्सलको अल्ट्रा वाइड, २ मेगापिक्सलको म्याक्रो र २ मेगापिक्सलको डेप्थ क्यामरा छ। त्यस्तै १६ मेगापिक्सलको सेल्फी क्यामरा रहेको छ।
गुणस्तरीय फोटोग्राफी दिनु यसको स्मार्टफोनको मुख्य विशेषता हो। यसमा नाइट फोटोग्राफीलाई ध्यान दिएर त्यसै अनुरूपको हार्डवेयर तथा सफ्टवेयर राखिएको छ।
यस फोनमा प्रयोग गरिएको एआई अल्ट्रा क्लियर ईञ्जिनले फोटोलाई गुणस्तरीय बनाउने काम गर्दछ।
ब्याट्री र स्टोरेजः
फोनमा ४ हजार १५ एमएएच ब्याट्री क्षमताका साथै ३० वाटको फास्ट चार्जिङ सुविधा दिएको छ।
धेरै ब्याट्री क्षमता र फास्ट चार्जिङ सुविधाले प्रयोगकर्तालाई दैनिक फोन चार्ज गरिरहनु पर्दैन। प्रयोगकर्ताले ब्याट्री सकिन्छ की भन्ने चिन्ता नगरी ढुक्कले चाहेका सबे एप चलाउन सक्छन्।
फोन ८जिबी र्याम र १२८जिबी स्टोरेजमा उपलब्ध भएकाले प्रयाेगकर्ताले आफ्ना फाइल सहजै अटाउन सक्छन्।
रङ र मूल्यः
ग्राहकले यो फोन नेभीब्ल्यू र डायनामिक अरेन्ज गरी दूई भिन्न रंगमा पाउँछन्। यसको मूल्य ३३ हजार ९ सय ९० रूपैयाँ छ।
- ६.४ इञ्चको फुल एचडी डिस्प्ले
- १६/८/२/२ मेगापिक्सल क्यामरा
- १६ मेगापिक्सल सेल्फी
- ४ हजार १५ एमएएच ब्याट्री
- ३० वाटको फास्ट चार्जिङ सुविधा
- ८जिबी र्याम र १२८जिबी स्टोरेज
- मूल्य ३३ हजार ९ सय ९०