Logo

किरात विश्वविद्यालय किन ?


काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार समाज नेपालले “किरात विश्वविद्यालय आजको अपरिहार्य” भन्ने एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरि पुनः आम किरात समुदायलाई निन्द्राबाट ब्यूँताउने कार्य गरेको छ ।

२०७७ मंसिर ३ गते समाजकै कार्यकक्षमा सम्पन्न सो अन्र्तक्रिया कार्यक्रममा सम्पूर्ण वक्ताहरुले एकै स्वरमा त्रिभुवन विश्वविद्यालय र महेन्द्र संस्कृत विश्वविद्यालय दुवै शतप्रतिशत सरकारी अनुदानमा चलाएझै बहुभाषी मुलुकमा किरात भाषाभाषीहरुको निमित्त किरात विश्वविद्यालय पनि सरकारी अनुदानमै स्थापना गर्नपर्ने माग गरेका छन् ।

कार्यक्रममा वक्ताहरुले विविध किरात भाषी विभागको ठाउँमा किरात विश्वविद्यालयको अवधारणा आइसकेकाले किरात समुदाय स्वयंले पनि आआफ्नो भाषा, संस्कृति र संस्कारमा सचेत रही सही पाठ्यक्रम निर्माण तर्फ सजग रहनुपर्ने कुरामा जोड दिएका छन् ।

समाजका अध्यक्ष जी.दिलुंछाको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा वर्तमान संविधानले पनि आदिवासी, जनजातिहरुका मुद्दालाई समेट्न नसकेकोमा वक्ताहरुले खेद प्रकट समेत गरेका थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्