Logo

अचम्मको चस्मा जस्को मुल्य ७५ हजार तोकियो


चर्चित फेसन कम्पनी गुचीले सार्वजनिक गरेको नयाँ डिजाइनको चश्माले सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान तानेको छ। यसकाे कारण हो, चश्माको असामान्य डिजाइन। यो चश्मा उल्टो डिजाइनको छ।

‘उल्टो डिजाइन’ मा तयार भएको यो सनग्लास (घाममा आँखा शितल पार्न लगाइने चश्मा) को मूल्य झन्डै ७५ हजार रूपैयाँ तोकिएको छ। गुचीले ग्राहकलाई लोभ्याउन सार्वजनिक गरिएको दिन ‘फ्रि डेलिभरी’ व्यवस्था मिलाएको थियो। तर व्यापारीहरू भने यो नयाँ प्रोडक्ट र डिजाइनको खिल्ली उडाइरहेका छन्।

पिंकभिलाका अनुसार, गुचीले आफ्नो साइटमार्फत नयाँ डिजाइनबारे विवरण खुलाएको छ। विवरणमा लेखेको छ, ‘५० र ६० को दशकको क्याटआइ फ्रेमलाई हामीले ब्युँताउने कोसिस गर्दैछौं।’ नयाँ डिजाइनको चश्माको स्क्रिनसट सेयर गर्दै एक ग्राहकले ट्विट गरेकी छन्, ‘गुची, किन गर्दैछौ यस्तो?’

ट्विटमा प्रतिक्रिया जनाउँदै अर्का प्रयोगकर्ताले भनेका छन्, ‘यो हेर्दै मलाई असहज महशुस भयो। लगाइरहेको चश्मा मिलाउँदैछु।’ केही ट्विटर प्रयोगकर्ताले लकडाउनका कारण गुचीको डिजाइनरहरू ‘पागल’ भएको समेत भनेका छन्। गुचीले ग्राहकहरूको यस्ता प्रतिक्रियामा कुनै जवाफ फर्काएको छैन।

गुचीले केही समयअघि मात्रै संयुक्त राष्ट्र बालकोष, युनिसेफलाई कोरोना खोपको आपूर्ति र वितरण बढाउन सहयोगका लागि ठूलो रकम दान गरेको थियो।

एजेन्सी,इटाली

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्