कम्युनिष्टकै सरकार रहिरह्यो भने देश घा’टामा जान्छ, सबैले दुः’ख पाउँछन्: रामशरण महत
नेपाली कांग्रेसका नेता रामशरण महतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको वि’वादले देश अ’प्ठ्यारोमा परेको बताएका छन्। उनले नेकपाले प्राथमिकताका सबै विषयलाई पन्छाएर आफूआफैं लडिरहेको बताए।
भरतपुरमा नेपाली कांग्रेसले गरेको विरोध सभालाई सम्बोधन गर्दै महतले एमसिसी पास गर्न बिलम्व गरेर कम्युनिष्ट सरकारले देशको विकासमा अ’वरोध पुर्याइरहेको आरोप लगाए।
‘विद्युत, सडक लगायतको विकासका लागि आउन लागेको अनुदान रकममा राजनीति गरेर विकासमा अ’वरोध गरिँदैछ,’ उनले भने, ‘अमेरिकी सेना नेपाल आउने सम्झौता भनेर झूट बोल्ने गरिएको छ।’
उनले चीन रिसाउने ड’रले कम्युनिष्ट सरकारले अमेरिकी अनुदान स्वीकार गर्न आलटाल गरिरहेको दाबी गरे। पूर्वअर्थमन्त्री महतले नेपाली कांग्रेसको सरकारले सुझबुझका साथ एमसिसी सम्झौतालाई अघि बढाएको भन्दै भ्रम नछर्न आग्रह गरे।
उनले वर्तमान सरकारले चीनलाई खुसी पार्न भारतसँगको सीमा विवादलाई मात्रै उल्झाउने काम गरेको आरोप लगाए। चीनतर्फको सीमा क्षेत्रका जनताले सीमा मिचियोभन्दा पनि मिचिएको छैन भनेर भाग्ने प्रयास सरकारले गरिरहेको उनले बताए।
‘चीनतर्फ भूभाग मिचिँदा सरकार केही भएको छैन भन्छ, खाली भारतसँगको सीमाको विषयमा बोल्छ,’ महतले भने, ‘दुवै छिमेकी देशहरूसँगको सीमा क्षेत्रको स’मस्याका विषयमा निष्पक्ष ढंगले वार्ता गर्नुपर्छ।’
उनले अहिलेको सरकारले नेपाली कांग्रेस नेतृत्वको सरकारले सुरू गरेका सडक, जलविद्युत् परियोजना लगायतका विकासका योजनालाई आफूले सुरू गरेको भनेर आत्मप्रशंसामा रमाउने गरेको बताए।
‘हाम्रै पार्टीको गलत निर्णयका कारण विगतमा कम्युनिष्ट हावी भए, अब पश्चाताप गर्दै सुध्रिएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘कम्युनिष्टकै सरकार रहिरह्यो भने देश घा’टामा जान्छ, सबैले दुः’ख पाउँछन्।’
उनले कोरोना महामारीको बेलामा जनतालाई राहत दिनमा सरकार चुकेको भन्दै आवश्यक सामग्री आयातका ठूलो क्रममा अनियमितता गरेको आरोप लगाए।
‘डाक्टरलाई सुरक्षाका सामग्री दिन त नसकेको सरकारले जनतालाई राहत दिने कुरै भएन,’ उनले भने, ‘यो सरकारको बोल्ने मात्रै काम भयो, केही पनि गर्न सकेन।’ उनले पार्टीलाई विधानसम्मत ढंगबाट अघि बढाएर महाधिवेशन सम्पन्न गर्दै आगामी निर्वाचनमार्फत कम्युनिष्टलाई सरकारबाट हटाउन लाग्नुपर्ने बताए।