Logo

लोकतन्त्र रक्षाको अन्तिम ल’डाईँ लडेर भए पनि कांग्रेसले देशलाई सं’कटमा पर्न दिँदैन: रामचन्द्र पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश लोकतान्त्रिक व्यवस्थामा भए पनि अलोकतान्त्रिक पृष्ठभूमिबाट आएकाहरूका कारण जो’खिम बढेको बताएका छन् ।

सरकारवि’रुद्ध कांग्रेसले गरेको काठमाडौंको सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक व्यवस्थामा अलोकतान्त्रिक पृष्ठभूमिका कम्युनिष्टहरुको नेतृत्व हुँदा व्यवस्था र लोकतन्त्र दुबैलाई ख’तरा रहेको बताए ।

“हामी यो देशको भविष्य उज्यालो बनाउन लडिरहेका छौं,” उनले भने, “व्यवस्था लोकतान्त्रिक छ तर यिनीहरुको पृष्ठभूमि लोकतान्त्रिक छैन । लोकतन्त्र र संघीयता, गणतन्त्र, समावेशिता सं’कटमा पार्न खोजिँदैछ ।”पौडेलले तर त्यस्तो ष’डयन्त्र कांग्रेसले सफल हुन नदिने बताए ।

“अब कांग्रेसले सरकारलाई सचेत बनाउन प्रयत्न गर्छ,” पौडेलले भने, “लोकतन्त्र रक्षाको अन्तिम ल’डाईँ लडेर भए पनि कांग्रेसले देशलाई सं’कटमा पर्न दिँदैन ।”

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्