Logo

रकम लिई भारतीय नागरिक नेपाल प्रवेश गराउन खोज्ने युवक प’क्राउ


भारतीय नागरिकबाट रकम लिई अ’वैधरूपमा नेपाल प्रवेश गराउन खोज्ने युवकलाई सशस्त्र प्रहरीले नि’यन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगरका १९ वर्षीय शैलेश अवस्थीलाई आइतबार साँझ बोर्डर आउट पोष्ट डोकेबजारको टोलीले नि’यन्त्रणमा हो ।

अवस्थीले भारतको मिजनौर धामपुर बस्ने २५ वर्षीय मोहम्मद आशिकबाट रु एक हजार रकम लिई सीमा क्षेत्रको तारबारबाट छिराउँदै गरेका बेला नि’यन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए।

नि’यन्त्रणमा परेका अवस्थीलाई प्रहरीचौकी पचकडीया र भारतीय नागरिक आशिकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीको गौरीफण्टाका एएसआई मुनिमको जिम्मा लगाइएको छ । रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्