Logo

पी’डितलाई न्यायको अनुभूति नदिलाउँदासम्म स’ङ्क्र’मणकालीन न्याय टुङ्गिँदैन : प्रदीपकुमार ज्ञवाली


परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दशवर्षे सशस्त्र द्व’न्द्वकालीन घ’टनामा ग’म्भीर मानव अधिकार उ’ल्लङ्घनका घ’टनामा आम माफी नहुने बताएका छन् ।

जवाफदेहिता निगरानी समिति र द्व’न्द्वपी’डित साझा चौतारीले संयुक्तरुपमा आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले न्यायको अनुभूति पी’डित गराउने गरी सरकारले काम गरिरहेको बताए । “बााहिर आशङ्का गरिएजस्तो ग’म्भीर मानव अधिकार उ’ल्लङ्घनका घ’टनामा आम माफी हुँदैन”, मन्त्री ज्ञवालीले भने, “पी’डितले न्याय नपाउँदासम्म स’ङ्क्रमणकालीन न्याय पूरा हुँदैन, त्यसका लागि सरकारले काम गरिरहेको छ ।”

उनले न्याय पैसासँग साट्ने नभएको स्पष्ट पार्दै परिवारका सदस्यको सहयोगका लागि परिपुरणको माध्यमबाट सहयोग गर्न खोजिएको बताए । मन्त्री ज्ञवालीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बे’पत्ता पारिएका व्यक्तिको छानबिन आयोगको ऐन संशोधन गर्न सबै दललाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको जानकारी दिए ।

दुवै आयोगको ऐन संशोधन गर्न गत वर्ष सातै प्रदेशमा द्व’न्द्वपी’डितसँग छलफल भइसकेको उल्लेख गर्दै उनले संसद्को आगामी हिउँदे अधिवेशमा दुवै आयोगमा ऐन आउने जानकारी दिए । मन्त्री ज्ञवालीका अनुसार सरकारले पी’डितको भावनाअनुसार शान्ति प्रक्रियाको बाँकी कुरा पूरा गर्ने तयारी गरिरहेको छ ।

मन्त्री ज्ञवालीले नेपालको शान्ति प्रक्रिया आफैँमा विशिष्ट प्रकृतिको भएको हुँदा नेपाल आफैँले स’मस्याको समाधान गर्ने उल्लेख गर्दै भने, “शान्ति प्रक्रियाको दुई काम पूरा भएको छ, स’ङ्क्रमणकालीन न्याय अन्तिम चरणमा पुगेको छ, पी’डितलाई न्यायको अनुभूति नदिलाउँदासम्म स’ङ्क्रमणकालीन न्याय टुङ्गिँदैन ।”

जवाफदेहिता निगरानी समितिमा संयोजक चरण प्रसाईंले र द्व’न्द्वपी’डित साझा चौतारीका अध्यक्ष मैना कार्कीले स’ङ्क्रमणकालीन न्यायको उचित संशोधन गरी पी’डितलाई न्याय दिन माग गरे । रासस

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्