नेकपा केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति नेकपा स्थायी कमिटी बैठक द्वारा शोक–प्रस्ताव पारित

मुन्धुमस्टार डटकम – आज बसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपाको स्थायी कमिटी बैठक शोक–प्रस्ताव पारित गर्दै सकिएको छ।
बालुवाटरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दिउँसाे बसेको बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै सम्पन्न गरिएको हो।
अब अर्काे बैठक पुस १ गते बस्ने नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
पूर्वराजदूतसमेत रहेका लामाको कोरोना संक्रमणका कारण बिहीबार निधन भएको थियो।
आजको बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी भएका थिए।