Logo

अख्तियारका पूर्वप्रमुख आयुक्त दिपलाई थु’नामा पठाउने आदेश


विशेष अदालतले अख्तियार दु’रुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातलाई थु’नामा पठाउने आदेश गरेको छ ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका बस्न्यातलाई थु’नछेक बहसपछि थु’नामा पठाउने आदेश भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए । बस्न्यातवि’रुद्ध ९ करोड ६५ लाख रुपैयाँ बिगो र ८ देखि १० वर्षसम्मको कैद सजाय माग दाबी गरिएको थियो ।

विशेष अदालतका न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बस्न्यातको बयान भएको थियो । अख्तियारले बस्न्यातमाथि भौतिक पूर्वाधार मन्त्रालयमा सचिव रहँदा जग्गा व्यक्तिका नाममा सार्न सहयोग गरेको दाबी गर्दै कारवाहीको माग गरेको थियो ।

सरकारी सम्पत्ति गैरकानुनी रूपमा अरूको नाममा दर्ता र भोग चलन गराएका, नेपाल सरकारलाइ हानी पु¥याउन बदनियतले लिखत तयार गरेको र सरकारी सम्पत्तिको हानी नोक्सानी गरेको आरोपपत्रमा उल्लेख थियो ।

ललिता निवासको जग्गा हि’नामिना प्रकरणमा एक भूतपूर्व उपप्रधानमन्त्री, तीनपूर्वमन्त्री र अ’ख्तियारकै पूर्वप्रमुख बस्न्यातसहित १७५ जनाविरुद्ध अख्तियार दु’रुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मु’द्दा दायर गरेको थियो । सो प्रकरणमा १ सय १० जनालाई भ्र’ष्टाचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्