Logo

नेकपा स्थायी कमिटी बैठक पुस १ गते बस्दै


सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आगामी पुस १ गते बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको नि’धनमा शो’क प्रकट गर्दै स्थगित भएको थियो । को’रोना स’ङ्क्रणका कारण लामाको यही मङ्सिर २५ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नि’धन भएको थियो ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेता लामाको निधनपछि एक जलविद्युत् आयोजनाको सम्बन्धमा नाम जोडेर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनेकन लाञ्छना लगाई गरिएको प्रचारप्रति दुः’ख व्यक्त गर्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरेका थिए ।

अध्यक्ष प्रचण्डले जलविद्युत् आयोजनाका सम्बन्धमा देखिएको वि’वाद मिलाउनेतर्फ प्रवक्ता श्रेष्ठले पहल गरेको र मिल्न सुझाव दिएको बताएका छन् । बैठकपछि प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीलाई आज अन्य विषयमा भने छलफल नभएको जानकारी दिए । रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्