Logo

फेरि बृह्द आ’न्दोलनको तयारिमा काठमान्डौ प्रस्थान


चिनी मिलले उखुको पैसा नदिएको भन्दै उखु किसान फेरि आ’न्दोलित भएका छन्। काठमाडौंको माइतीघरमा धर्ना बस्न सर्लाहीका किसान काठमाडौं आइसकेको किसान प्रतिनिधि सफिन्द्र यादवले  जानकारी दिए।

‘सर्लाहीबाट २५३० जना किसान आइसके, हामी पनि रौतहटबाट त्यहीँ संख्यामा आज काठमाडौं आउँछौं,’ उनले भने। सबै किसान भेला भएर सोमबारबाट आ’न्दोलन सुरू गर्ने उनले जानकारी दिए।

उनका अनुसार किसानको उखु भुक्तानी समयमै दिनुपर्ने र मिल सञ्चालन हुनुपर्ने आ’न्दोलनको मुख्य माग रहने छ। श्रीराम, अन्नपूर्ण र ईन्दिरा मिलले सबैभन्दा धेरै पैसा दिन बाँकी रहेको किसानहरूले बताउँदै आएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको तथ्यांक अनुसार सबैभन्दा बढी श्रीराम चिनी उद्योगले ३२ करोड रूपैयाँ तिर्न बाँकी छ। त्यस्तै, अन्नपूर्णको १७ करोड, लुम्बिनीको ८ करोड ४१ लाख र इन्दिराको ४ करोड ७० लाख छ।

उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा उखु किसानले काठमाडौं माइतिघरमा आन्दोलन गरेका थिए। केही साताको आ’न्दोलन पछि मन्त्रालयले माघभित्र पैसा चुक्ता गर्न लगाउँछौं भनेपछि आ’न्दोलन रोकिएको थियो।

सरकारले तोकेको समयसीमा एक वर्ष नाघिसक्दा पनि उखु किसानले अहिलेसम्म पैसा नपाएपछि उनीहरू फेरि आ’न्दोलनका लागि काठमाडौं आएका हुन्।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्