Logo

इलामको तीन हजार १६५ मिटर उचाइमा भेटियो पाटेबाघ


पर्सा निकुञ्जपूर्वमा लोपोन्मुख  पाटेबाघ फेला परेको छ।

इलामको तीन हजार १६५ मिटर उचाइमा पाटेबाघ भेटिएको हो।

बिरालो जातको  पाटेबाघ सिसी क्यामरा फुटेजमा देखिएको हो। यसअघि पर्सा निकुञ्जपूर्वमा पाटेबाघ फेला परेको थिएन।

कञ्चनजंघा भूपरिधिमा जिपिएस कलर गरिएका १० रातो हाब्रे  अनुगमन गर्न राखिएका २० क्यामेरा ट्रयापमध्ये एउटामा पाटेबाघ कैद भएको वन तथा भूसंरक्षण विभागले जनाएको छ। यससँगै पूर्वी पहाडी क्षेत्रको कञ्चनजंघा भूपरिधिमा बिरालो प्रजातिको संख्या आठ पुगेको छ।

चितुवा, ध्वाँसे चितुवा, हिउँ चितुवा, सुनौलो बिरालो, चरी बाघ, वन बिरालो र छिरबिरे बिरालो विगतमा अभिलेखन भइसकेका छन्।

उक्त जैविक मार्ग कञ्जनजंघा संरक्षण क्षेत्र र भारतको सिंघलीला निकुञ्जसँग जोडिएको छ। नेपालमा पाटेबाघको संख्या २३५ छ । रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्