Logo

गुगलको धेरै खोजिएको कनिकादेखी कंगनासम्म


एजेन्सी ।  गुगलले सन् २०२० मा सर्वाधिक खोजिएका व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ ।
यसको टप १० को सूचीमा बलिउडबाट ५ जनाले स्थान पाएका छन् । अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने लिस्टको प्रथम स्थानमा अमेरिकाका राष्ट्रपति जो वाइडेन पर्न सफल भएका छन् भने यो वर्ष सर्वाधिक खोजिने बलिउडकर्मीमा गायिका कनिका कपुर छन् । आज हामी बलिउडबाट सर्वाधिक खोजिएका व्यक्तिहरुको बारेमा चर्चा गछौं ।

कनिका कपुर

kanika kapoor coronavirus: Singer Kanika Kapoor, who tested postive for coronavirus, booked for negligence - The Economic Times
कनिका कपुर

बलिउडमा सबैभन्दा पहिले कोरोना संक्रमित हुने सेलिब्रेटी हुन्, गायिका कनिका कपुर । यसैको कारण कनिका गुगलमा सबैभन्दा बढी सर्च हुने व्यक्तिको लिष्टमा परेकी छन् । बलिउडको कुरा गर्दा कनिका सबैभन्दा बढी सर्च गरिएकी छन् । कोरोना संक्रमण शुरुवातको क्रममै कनिका कोरोना संक्रमित भएकी थिइन् र उक्त समय आलोचित पनि भएकी थिइन् ।

अमिताभ बच्चन

Amitabh Bachchan: Amitabh Bachchan in hospital since 3 days, being treated for liver problem
अमिताभ बच्चन

भारतीय चलचित्र उद्योग बलिउडका सबैभन्दा लोकप्रिय अभिनेता हुन्, अमिताभ बच्चन । सन् १९७० को दशकमा उनले ठूलो लोकप्रियता प्राप्त गरे र त्यसबेलादेखि नै भारतीय चलचित्र इतिहासको सबैभन्दा प्रमुख व्यक्तित्व बनेका छन् । बच्चनले आफ्नो कार्याकालमा थुप्रै पुरस्कारहरू जितेका छन्, जसमा तीन राष्ट्रिय चलचित्र पुरस्कार र बाह्र फिलिमफेयर पुरस्कार समावेश छन् । उनको नाममा सर्वाधिक सर्वश्रेष्ठ अभिनेता फिल्मफेयर पुरस्कारको रेकर्ड छ । सर्वाधिक खोजिने बलिउडकर्मीमा नायक अमिताभ कनिका भन्दा पछाडि छन् । अभिनेता अमिताभ पनि कोरोना संक्रमण र त्यसपछिका उनको अनुभव ब्लगका कारण पनि निकै चर्चा र गुगलमा खोजी गरिएका छन् ।

नायिका रिया चक्रवर्ती

Rhea Chakraborty sizzles in bikini on the beaches of Maldives. See pics - Movies News
नायिका रिया चक्रवर्ती

रिया चक्रवर्ती एक भारतीय चलचित्र अभिनेत्री हुन् । टिभीबाट भीजो रुपमा आफ्नो करियर शुरुवात गरेकी उनले २०१३ मा चलचित्र मेरे ड्याड की मारुतिबाट बलिउडमा प्रवेश गरेकी हुन् । अभिनेत्री रिया अभिनेत्री कंगना रनौतको स्थान लिँदै टप १० मध्ये सातौं नम्बरमा परेकी छन् । अभिनेत्री रिया उनका प्रेमी तथा अभिनेता सुशान्तको निधनको मुद्दा र बलिउड लागूऔषध मुद्दाका कारण गुगलमा धेरै खोजी भएको हो ।

कलाकार अंकिता लोखन्डे

Ankita Lokhande inconsolable after Sushant Singh Rajput's death - EasternEye
कलाकार अंकिता लोखन्डे

अंकिता लोखन्डे भारतीय टेलिभिजन अभिनेत्री हुन् । उनी पनि गुगलले सर्वाधिक खोजिएका व्यक्तिहरुको सार्वजनिक गरेको नाम भित्र परेकी छन् । अभिनेत्री अंकिता उनका पूर्व प्रेमी तथा अभिनेता सुशान्त सिंह राजपूतको निधनको मुद्दाका कारण समाचारको मुख्य हेडलाइन बनिन् ।

नायिका कंगना रनावत

Kangana Ranaut was angry with Javed Akhtar, why did he threaten after calling home - Kalam Times
नायिका कंगना रनावत

बलिवुडमा कंगना रनावत यस्तो नाम हो जो सधै चर्चामा रहन्छ । विवादका कारण र उनका फिल्मका कारण कंगना चर्चामा रहने गर्दछिन् । यो वर्षभर नै विवादमा परिन उनी तर सर्वाधिक खोजिएका व्यक्तिहरुमा रनावतको नाम दशौं नम्बरमा छ । अभिनेत्री कंगना अघिल्लो वर्षको सातौं स्थानबाट १० औं स्थानमा परेकी छन् । कंगना पनि सुशान्तको मृत्यु मुद्दा लगायत महाराष्ट्र सरकारसँगको किचलो र ट्वीटका कारण यस वर्ष चर्चा र गुगलको सर्च लिस्टको टप १० मा परेकी छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्