Logo

‘मेसीलाई क्लबमा राख्न सहमत गराउँछु’ बार्सिलोनाको अध्यक्ष पदका प्रत्यासी भिक्टर फन्ट


एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाको अध्यक्षका प्रत्यासी भिक्टर फन्टले आफू निर्वाचित भएर स्टार खेलाडी लिओनल मेसीलाई क्लबमा बस्न सहमत गराउने बताएका छन्।

३३ वर्षीय मेसी र बार्सिलोनाबीचको सम्झौता आगामी जुनमा सकिँदैछ। जसका कारण मेसीले आगामी महिना अर्को क्लबमा जानका लागि पूर्वसम्झौता गर्न सक्नेछन्।

अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका नौ जना उम्मेदवार मध्येका एक फन्टले अध्यक्षमा निर्वाचित भएमा पहिलो काम मेसीको सम्झौता बार्सिलवनामै गराउने हुने बताएका हुन्।

बार्सिलोनाको अध्यक्ष पदका लागि आगामी २४ जनावरीमा निर्वाचन हुँदैछ।

विगत २० वर्षदेखि बार्सिलोनामा रहेका मेसीसँग सम्झौता थप गर्ने विषय बार्सिलोनाका अध्यक्षका प्रत्यासीहरुले आफ्नो एजेन्डा बनाइरहेका छन्।

‘म ढुक्क छु कि एक प्रतिस्पर्धी, उत्साहित र विशेष गरी मेसीको मामिलामा दीर्घकालीन परियोजना, जुन मेसीले अवकाश लिएको दिन भन्दा पर जान सक्छ, हामी उनलाई बार्सिलोनामै बस्न मनाउनेछौँ,’ फन्टले भने।

‘मेसी विश्वको नम्बर १ खेलको इतिहासकै सबैभन्दा राम्रा खेलाडी हुन्। कल्पना गर्नुहोस् यसको के अर्थ हुन्छ। त्यस कारणले मेसी–बार्सा सम्बद्धता एक रणनीतिक हो र यस संस्थामा बस्न ग्यारेन्टी गर्न हामीले सकेसम्म सबै कुरा गर्नैपर्छ।

‘यो कुरा मनमा राख्दै मेसी जनवरीमा अन्य क्लबहरूसँग कुरा सक्छन्, मेस्सीलाई फोन गर्दै [यदि म चुनाव जित्छु] प्राथमिकताहरू मध्ये एक हुन्छ।’

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्