Logo

जब २० वर्षीय विद्यार्थीले बुवाको नाम इमरान हासमी र आमाको नाम सन्नी लियोन लेखे


भारतको भीमराव अम्बेडकर बिहार विश्वविद्यालय अन्तर्गत धनराज महतो डिग्री कलेजमा स्नातक गरिरहेका २० वर्षीय कुन्दन कुमारको ‘युनिक’ परिचय पत्र सामाजिक सञ्जालमा भाइरल भएको छ।

कुन्दनले आफ्नो परिचय पत्रमा बलिउड अभिनेता इमरान हाशमी र अभिनेत्री सन्नी लियोनीको नाम लेखेका कारण भाइरल भएको हो।

बलिउड हंगामाका अनुसार, विश्वविद्यालयलाई पठाएको परिचय पत्रको ‘स्क्रिनसट’ मा अभिभावकको नाम लेख्ने ठाउँमा कुन्दनले इमरान र सन्नीको नाम लेखेका हुन्।

कुन्दन स्नातक दोस्रो वर्षका विद्यार्थी हुन्। कुन्दनले अभिवावकका नामको साटो बलिउडका कलाकारको नाम लेखेको देखेर कलेजका शिक्षकहरु अचम्मित भएको समाचारमा जनाइएको छ। सर्वसाधारण इन्टरनेट प्रयोगकर्ताहरूले पनि यस विषयमा निकै चासो देखाएका थिए।

कुन्दनको परिचय पत्रमा अभिनेता इमरानले ट्विटमार्फत बिहिबार प्रतिक्रिया जनाएका छन्। उनले लेखेका छन्, ‘कस्सम, त्यसमा लेखिएको मान्छे म होइन।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्