युरोपा लिग : टोटनहम अन्तिम १६ मा

२६ मंसिर, काठमाडौं । युरोपा लिग फुटबलमा टोटनहम अन्तिम १६ मा प्रवेश गरेको छ ।
समूह जे अन्तर्गत गएराति रोयल एन्टर्पमाथि २–० गोलको नतिजा निकाल्दै टोटनहम ले समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का पारेको हो ।
टोटनहमको जितमा कार्लोस विनसियस र जिभानी लो सेल्सोले एक–एक गोल गरे । यही समूहबाट समूह उपविजेताको रुपमा एन्टर्पले पनि नकआउट चरणमा स्थान बनाइसकेको छ ।
त्यस्तै समूह बी बाट शतप्रतिशत जित निकाल्दै आर्सनल पनि नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा आर्सनलले आयरल्याण्डको डुनडल्कलाई ४–२ गोलले पराजित गरेको हो । आर्सनलले ६ खेलबाट १८ अंक जोड्यो ।
यसै समूहको अर्को खेलमा ¥यापिड विनसँग २–२ गोलको बराबरी खेल्दै समूह उपविजेता बन्दै मोल्डे नकआउट चरणमा पुगेको छ ।
त्यस्तै समूह डी मा यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको रेञ्जर्सले लिच पोज्ननमाथि २–० को जित निकाल्यो । यस समूहबाट रेञ्जर्स विजेता र बेन्फिका उपविजेता बने ।
त्यस्तै समूह जी मा लेष्टर सिटी र स्पोर्टिङ् ब्राजा विजयी भएका छन् ।
समूह एचबाट समूह विजेताको रुपमा एसी मिलान नकआउट चरणमा पुगेको छ ।