कार्यक्रम इन्द्रेणी र मेरोबीचमा कुनै मतान्तर छैन-गायिका टीका सानु

काठमाण्डौ । प्रत्यक्ष दोहोरी मार्फत आफ्नो अलग्गै पहिचान बनाउन सफल लोकदोहोरी गायिका हुन् – टीका सानु । औपचारिक रुपमा रेकर्ड भएका गीतहरुको सङ्ख्या पनि दर्जनौं पुगिसकेको छ ।
इन्द्रेणी कार्यक्रममा सहभागी भएर गरेका धेरै परोपकारी कार्यले उनलाई लोकप्रिय मात्र बनाएन कलाकारका साथै समाजसेवीको रुपमा समेत स्थापित गरिदियो । तर त्यही ईन्द्रेणी टिमसँग सामाजिक सन्जालमा एक भिडियो क्लिक गायिकाको आए पछी सकारात्मक र नकरा’मत्क टिप्पणी भए । यसै बिषयमा यसरी फेसबुक स्टाटस गायिका लेखेकी छिन ।
सबैमा नमस्कार।
नचाहँदा नचाहँदै पनि केही कुरा लेख्नै पर्ने भयो। कार्यक्रम इन्द्रेणीसँग प्राय व्यक्तिहरु परिचित हुनुहुनु हुन्छ। यस कार्यक्रमको गरिमा, चर्चा, परिचर्चा, विश्वास र यस कार्यक्रमको अभियानका बारेमा जति प्रशंसा गरेपनि कम हुन्छ। म त्यहि कामगर्छु भन्दा झन् गर्व लाग्छ। पछिल्लो समय सामाजिक सञ्जालमा एक भिडियोको अंशलाई लिएर जुन चर्चा र मेरो आ’लोचना भइरहेको छ। यसमा मेरो ध्यानाकर्षण भएको छ।
उक्त भिडियोमा मैले बोलेका केही राम्रा कुराहरु थिए। बिडम्बना ति कुराहरु सबै आएको पाएको छैन। जुन कुरा भाइरल भएका छन्, ति कुराहरु प्रचार गर्न लायक छैनन्। तर, त्यो भिडियोमा सोझो रुपमा कार्यक्रमका बारेमा परिचित थिएन भन्दा घमण्ड कसरी हुन्छ ? कुनै पनि संस्था र त्यसमाआवद्ध कर्मचारीहरु एकअर्कामा परिपुरक हुन्छन भन्दा के बिराए ? मैले इन्द्रेणीको कार्यक्रमका क्रममा शहरदेखि गाउँवस्तिका भिरपाखा धाएकी छु। २०औं जोर जुत्ता चप्पल फटाएकी छु। केही पाएकी छु, केही गुमाएकी छु। जुन प्रक्रिया चलिरहने प्रक्रिया पनि हो।
मलाई आजको दिनसम्म ल्याउनुमा इन्द्रेणी कार्यक्रमले कुनै योगदान दिएको छैन भनेर कही भनेकी छु र ? कलाकार र संस्थाबीचको संम्बन्ध परिपुरक हुन्छ भन्नु गलत हो ? खैर इन्द्रेणी कार्यक्रमका सन्चालक आदरणीय दाजु कृष्णप्रसाद कँडेल ज्यु यतिखेर पुर्व इलाममा हुनुहुन्छ। उहाँ काठमाडौँ आउनासाथ यो विषयमा थप प्रष्ट पार्नेछौं। साथै अर्को कुरा पूराना भिडियो काटेर पोस्ट गरेर मेरो चरित्र ह’त्या गर्ने, त’नाव दिने, जा’तिय रंग दलेर गालि गर्नेहरुलाई मेरो भन्नु केही छैन। सत्य बुझ्नलाई सचेतना चाहिन्छ। नोट: कृष्ण दाइ र मेरोबीचमा कुनै मतान्तर र मन मु’टाव छैन।