Logo

यौन कथा : ‘आम्सटर्डम बेश्यालयको ब्रोन्ज ब्रेस्ट’


 

-भीम राई

अबतरण हुनै लागेको बिमानले अचानक उचाई लिदाँ मेरा मनभित्र हल्का तरङ्गहरु उत्पन्न भइरहेका थिएँ । त्यसरि एक्कासि बिमानले उच्चगति लिएर आकास छेडन खोज्दा, ‘आम्मै ! पटकेले मार्छ कि के हो रु’ भन्ने शब्द मेरो दायाँतिर बसेकी युबतीले अतालिदै भनिन । हतासमा आएको उनको त्यो बोलि सुन्दा उनी निश्चय पनि क्लेनेथ्लिकी बासिन्दा हुनुपर्छ भन्ने लाग्यो । किनभने, म क्लेनेथ्लीको निजि कलेज ‘सेन्ट माइकलमा’ बिगत दुइबर्ष देखि लगातार अध्यान गरिरहेको थिएँ । र, त्यहाँका मानिसहरुले बोल्ने भाषाको लवज राम्ररि बुझ्ने भइसकेका थिएँ ।

रायन एयरको बिमानले कार्डिफदेखि आम्सटर्डमको यात्रा पुरा गर्नै लागेको थियो । तर, अचानक आकासिएको बिमानले चक्कर मार्दा अङ्ग्रेजी च्यानलको पानी हामी भन्दा माथि माथि परेको जस्तो मलाई अनुभुत भयो । त्यसै त आम्सटर्डम सहर सामुन्द्रिक सतहभन्दा दुई मिटर मुनिरहेको थियो । त्यसरि चक्कर मार्दा सहर झन मृतसागर भन्दा गहिरो होलाझै लागिरह्यो । म त्यसबेला बिमानको झ्याल नजिकको सिटमा बसिरहेको थिएँ । त्यसैले मेरो आँखै अगाडि परेको त्यति धेरै सामुन्द्रिक पानीसँग डराएर हतार हतार दायाँतिर फर्किन बाध्य भएँ ।

मेरो दायाँतिरका सिटमा एउटी युबती बसिरहेकी थिइन । उनी डरले एकपोको परिरहेकी थिइन र उनको अगाडिको कुर्सिको कान मज्जाले समाति रहेकी थिइन । थरर कामिरहेका तर छुँदा मैलापर्ने उनका सेताम्मे तिघ्राहरु मैले त्यसबेला एकदम नजिकबाट नियालिरहेको थिएँ । साघुँरो शरिर भएको एअरबस ए ३२० ले उत्श्रृँखल्ता देखाँउदा युबतीलाइ मात्रै होइन, मलाई पनि हल्का त्राश उत्पन्न भइरहेकै थियो । तर त्यति हँसिली चेहँरा भएकी बैसालुको अगाडि के डर देखाइ हाल्ने है भनेर म नडराएझै गरिरहेँ ।

एकछिनपछि बिमानको सिलिङदेखि टिङटङ…गर्दै सानो आवाज आयो । त्यसपछि कप्तान केभिन हन्टले उत्तरि सागरबाट अचानक आएको मिसाहा हावाले बिमान अबतरण गर्न गार्हो भएको कुरो तिनै ध्वनिप्रसारक यन्त्रदेखि उदघोषण गरें । त्यसैले हामी एअर ट्राफिक कन्ट्रोलको निर्देशन बिनानै ‘गो राउन्ड’ गरिरहेका छौ भन्नेकुरो पनि उनले यात्रृहरुलाई जानकारि गराएँ ।

गत रातदेखि पश्चिमी युरोपभरि बेस्सरि हिउँ परिरहेको थियो । माथि आकास बाट आम्सटर्डम सहरको अनुहार हिउँले गर्लम्मै ढाँकिरहेको स्पष्ट देख्न सकिन्थे । तर, तिनै सेताम्मे सहरको बिमानस्थलमा सामुन्द्रिक नुन छर्किएर अलकत्रको थोरै मुहार खोलिएका थिएँ । त्यति नराम्रो मौसमको बाबजुद पनि जबरजस्ति बिमानले अबतरण गर्नुपर्दा केहि समय अगाडिदेखि नै मेरा मनभित्र भय उत्पन्न भइरहेको थियो ।

दोश्रो चोटिको प्रयत्नमा बिमानले शिफोल अन्तराष्ट्रिय बिमानस्थलमा सकुशल अबतरण गरयो । बिमानले जमिन टेक्ने बितिक्कै हातेझोलालाई दाहिने काँधमा भिरेर मैले अध्यागमनलाई पार गरिहालें । त्यसपछि केहिबेर हिडे र यात्रु प्रतिक्षालय हलमा पुगें । तीनै हलमा आन फ्रेन्कसँग भेटने हाम्रो अग्रिम सल्लाह भएको थियो ।

आनसँग मेरो परिचय सामाजिक सन्जालमा भएको हो । त्यसपछि हामी फोनमा पटक पटक बोलिरहेका थियौ । यध्यपि त्यसबेला सम्म हाम्रो शारिरिक भेटघाट चाँही भइसकेको थिएनन् । उनी यहुदी हुन् र उनकी परिवार पहिले राइन नदीको किनार नजिकै डोइजबर्ग, जर्मनीमा बस्दथे । नाजिहरुको अन्याय खेप्न नसकेर जीवन बचाँउने उदेश्यले उनका परिवार नेदरल्याण्ड छिरेका थिएँ । आन अठारबर्ष पहिले रोटर्ड्याममा जन्मेकी थिइन । त्यसपछि उनी सपरिवार सहित आम्सटर्डम बसाईसरेका थिएँ ।

म प्रतिक्षालय हलमा पुगेपछि आनलाई फनफनि खोज्न थालेका थिएँ । प्रतिक्षार्थिहरुको भिडभित्र साढेपाँच फिटजति अग्ली, कैलाकेश, लामो मोहडा, गोरि अनुहार, थोरै चुच्चा नाक घुर्माइलो आँखा र पुक्कपुक्क स्याँउजस्ता पोटिला गाला मेरा नयनहरु सामन्ने कतै परेनन् ।

आनको अनुहार कतै देखा नपरेपछि मलाई सामाजिक सन्जालसँग थोरै शँका उत्पन्न हुन थालेका थिएँ । तै पनि आवेसमा आएर सामाजिक सन्जाललाई गालि गरिहाल्ने पक्षमा पुगिसकेका थिइन । हुन त सामाजिक सन्जालले पटक पटक मानिसहरुलाई फसाएको खबरहरु सुनिरहेको थिएँ । तर लरतरले अरुले भनेको कुरोप्रति त्यति चाँडै बिश्वास गरिहाल्ने मेरो बानि थिएनन् । तर, आम्सटर्डमको मौसम पटक्कै राम्रो थिएनन्, त्यसैले सायद बाटोमा आउदै होली भनेर केहिबेर चित्त बुझाएर बसिरहें ।

प्रतिक्षालय नजिकै कोस्टा कफिको दोकान थियो । त्यहाँ गएर एउटा कफि किने र थपक्कै कुर्सिमा बसेर पिउन थाले । गोजिदेखि मोबाइल निकालेर उनलाई फोन गरें । तर, उनको फोन स्विचअफ थियो । उनलाई टेक्स्ट गरेर बिमानस्थलमा आइपुगेको छु है भन्ने समाचार लेखेर पठाएँ ।

समयको हुरिले अस्तिको दिनदेखी जनवरी महिना भित्र्याइसकेका थिएँ । जसलेगर्दा प्रतिक्षालय बाहिर फुसफुसे कोदेपानी बर्षिरहेको थियो । बाहिरको बातावरण हेर्दा हिउँ, झरि र आम्सटर्डम एकअर्कामा पर्यायबाँची शब्दहरु हुन कि जस्तो मेरो मनभित्र लागिरहेको थियो । म तिनै फुसफुसे झरिलाइ गहन तरिकाले नियालेर मन्त्रमुग्ध बनिरहेको थिएँ । अकस्मात मेरो मोबाइलको पटलमा टिङरिङ गर्दै एउटा टेक्स्ट म्यासेज टुप्लुक्कै देखापरयो ।

‘जोनाथन १ म अहिले आमस्टर्डम शिक्षण अस्पतालमा छु । गतराति मेरो बाबु र आमा कार दुर्घटनामा पर्नुभयो । झिसमिसे बिहानीमा चिकित्सकहरुले आमालाई मृत घोषणा गरिसकेका छन् । बाबुका हालत एकदम दयनिय छ । अहिलेसम्म उहाँ सघन उपचार केन्द्रमा रहनु भएकोछ । मलाई माफ गर्नोस १ यस्तो बिषम परिस्थितिमा म तपाईसँग बोल्न वा भेटन सक्तिन । कृपया १ अन्यथा नठान्नु होला रु’

टेक्स्ट आएको देखेर अत्याधिक खुशि भएको थिए, तर समाचार पढेर सबैभन्दा दुखि भएँ । त्यो सबै कसरि हुनसक्यो होला भन्दै दुवैहात पुर्पुरोमा राखेर कुर्सिमा बसिरहें । त्यति दुखित समाचारले म माथि सर्लक्कै आकास खसेजस्तै भयो । सासफेर्न हल्का कठिन भएँ । मेरा नयनहरु काला र निला मात्रै होइन, मधुरो र फुस्रो भएको महसुस गरें ।

चश्मा खोलेर एकछिन टेबलमाथि राखें । मेरा दायाँ बायाँ बसिरहेका सबै मान्छेहरु हाँसिखुशि बिहानीको खाजा खाइरहेका थिएँ । उनिहरुलाई खुशि देखेर मलाई थोरै इर्ष्या लागिरह्यो । म सँग केहि अन्य उपाय नफुरेपछि चर्मचक्षुलाई घुमाएर सर्लक्कै झ्यालदेखि बाहिरतिर पुरयाए । कोठा बाहिर मुटु कमाउने जाडो थियो । तर मलाई जाडोले कमाउने मुटुभन्दा आनको दुखित समाचारले झनबढि मुटु कमाइरहेको थियो ।

केहिबेरमा उनका हातका औलाहरु मेरा शरिरमा ठोकिन आइपुगे र सुस्तरि सुस्तरि खेल्न थाले । उनको औलाको स्पर्शले मलाई हल्का अफ्ठ्यारो लागेका थिएँ, त्यसैले आँखाहरु बन्द भए । लाजले मेरो मुखबाट एक्कै शब्द प्रस्फुटित हुन सकिरहेका थिएनन् । किनभने, जिन्दगीमा पहिलो चोटि बेश्यालयको भ्रमण गरेको थिएँ । सायद त्यहाँको चलन त्यस्तै होला भनेर पापी औलाहरु जति सलबलाए पनि चुपचाप सहिरहेको थिएँ ।

अब के गर्ने होला भनेर केहिबेर किमकर्तब्यबिमुढ बनिरहें । वेल्स फर्केर जाने हवाइजहाजको टिकट तीन दिनपछिको मात्रै थियो । ‘यस्तो बिषम परिस्थितिमा म तपाईसँग बोल्न वा भेटन सक्तिन,’ भन्ने उनको समाचारलाइ पुनराबृत गरे । त्यसपछि बिमानस्थल छाडने निर्णय गरे । त्यसैले सुस्तरि कुर्सिदेखि उठेर हिडन खोजे । तर, समाचारको प्रभावले मेरो ढाड तीन बाङ्गो कुप्रिएझै महसुस भयो ।

हाते घडिले बिहानीको दश बजाएको थियो । आ…ठिकैछ, सहर तिर लाग्छु भन्ने मनमनै सोचे । कछुवा गतिमा हिडदै केहि अगाडि बढें । मेरो सिधै अगाडि एकजना डच महिला हिडिरहेकी थिइन । उनैलाई रेलस्टेसन देखाइ मागे र त्यतैतर्फ लागें । रेलस्टेसन पुगेर आम्सटर्डम सेन्ट्रल जाने एउटा टिकट खरिद गरें ।

प्लेटफर्ममा यताउता हिडदै रेलको प्रतिक्षा गर्न थाले । अनि केहिबेरमा टक्क रोकिए । त्यसरि रोकिदा मेरा खुट्टाहरुले अनायसै प्लेटफर्मका भुईलाई कोट्याउन थालेका थिएँ । तर, किनकिन मेरो मनभित्र आनप्रति धेरै सत्य र थोरै झुटको शँका उब्जिरहेको थियो । होईन, होईन रु मसँग उनले के झुटो बोल्थिन होली भनेर आफैलाई शान्त्वना दिने प्रयत्न गरिरहें । तर, एक्कासि मेरो सिधै अगाडि अगाध प्यारमा झुमिरहेका एकजोडि जुरेली चरिले मलाई केहिबेर सम्म बिरमाइलो बनाइ रह्यो ।

बिमानस्थल थर्काउने गरि हर्न बजाउदै रेलले आफ्नो अनुहार देखायो । मज्जाले रेल रोकिएपछि म भित्र पसेर एउटा सिटमा थचक्कै बसिहालें । एकैछिनमा बिना आवाज रेलले बिमानस्थललाई छाड्यो र उच्चगति लिन थाल्यो । मलाई त्यसबेला आ… जिन्दगी भन्ने कुरो यस्तै रहेछ जस्तो लागि रह्यो । झ्यालदेखि बाहिर देखापरेका बिना पातका अपत्र रुख-बिरुवाहरु सँग म क्रमशस् रुमलिन थाले । केहिबेरमा रेलले मलाई आम्सटर्डमको सेन्ट्रल स्टेसनमा पुर्याएर निकालि दियो ।

फुसफुसे पानी पर्न रोकिएका थिएनन् । रेलस्टेसन बाहिर एकदम जाडो थियो । काँचो तोरिको तेल दलिएको बारबर ज्याकेटले मेरो शरिर मुश्किलले घुडासम्म ढाँकिरहेका थिएँ । तिनै ज्याकेट भित्र राल्फ लोरनको टिसर्ट र खुट्टामा निलो लि(भाइजको पतलुङ पहिरन गरिरहेको थिएँ । दुवै हातमा गाइको छालादेखि बनेका एकजोर कालो हातेपँजा र घाँटिमा भेडाको पाठोको नरम उनदेखि बनेको पश्मिनाको गलबन्दिले मज्जासँग घाँटीलाई एकफन्को बेरिरहेको थिएँ । टाउकोमा सिउरिरहेको उनिको टोपिलाई बेस्सरि तानेर कानसम्म झारे अनि युध्दमैदानमा जानको लागि तयार भएका सिपाहीझै झोला पछाडि बोकेर हिडनको लागि तम्सें । मेरा कदमहरुलाई सुस्तरि अगाडि बढाएँ तर कताकता मोजाभित्र लुकिरहेका खुट्टाका औलाहरुलाई थोरै चिसो महसुस भइरहेका थिएँ ।

रेल स्टेसनदेखि बाहिर निस्के । त्यसपछि कतातिर लाग्नेहोला भनेर एकछिन अलमल्ल परें । के सोचेर आम्सटर्डम पुगेको थिएँ, अहिले यो हबिगत भयो भन्दै स्टेसनदेखी निस्के र दक्षिणपुर्व दिशातिर हानिए । अनि अर्ध पागलझै बनेर केहिबेरसम्म एकसुरमा हिडिरहें । त्यसरि क्रमशस् हिडदै जाँदा मेरो सिधै अगाडि एउटा भट्टिपशल देखा पर्यो । अचानक देखिएको भट्टिपशलले मेरा कदमहरु टक्क रोकिए । अब हुने हुनामी दैवले टार्दैन बरु जेसुकै मरोस भन्दै तिनै गेट्टह्यावेन भट्टिपशल भित्रछिरें ।

भित्रछिरेपछि बारको नजिकै पुगे र बेयरालाई एक पाइन्ट हाइनिकन बियर मगाए । मेरो पछाडि एउटा झोला बोकिरहेको थिए । झोलालाई नजिकै कुनामा थन्क्याएर मज्जासँग बियरले घाँटि भिजाउन थालें । भट्टिभित्र चुरोटको धुँवा यदाकदा आकासका रुमलिने बादलझै रुमलिरहेका थिएँ । र, म तिनै चुरोटको धुँवाभित्र बादल भित्र हराएको एउटा निर्दोष कागझै भइरहेको थिएँ ।

वास्तबमा म आम्सटर्डममा राम्रैसँग हराएको थिएँ । अब कहाँ जाने होला रु अनि के गरेर तीन दिन बिताउने होला भनेर थोरै रनभुल्ल परेको थिएँ । तर, अचानक पर्खालको भित्तादेखि लिभरपुलको प्रख्याँत साँगितिक समुह बिटल्सको ‘लेट इट बि’ भन्ने गित बज्न थाल्यो । त्यस गितले मलाई त्यसबेला म्याथु स्ट्रिट, लिभरपुलको कुनै भट्टि पशलमा छु कि भन्ने अनुभुति गराइ रह्यो । किनभने, त्यसबेला सम्म बिटल्सका त्यति मिठो कर्णपृय स्वरहरु मेरो कानदेखि बिलय भइसकेका थिएनन् ।

तिन पाईन्ट हाइनिकन स्वाटै बनाइ सकेपछि रात कटाउने ठाँउ खोज्न परयो भन्दै भट्टिदेखी सुस्तरि बाहिर निस्के । त्यसरि बाहिरिदै गर्दा मेरो सिधै अगाडि एउटा बडेमाको कटुसको रुख देखा परयो । तिनै कटुसका फेदमा चार(पाँचजना गँजेँडेहरुले छाडेका गाँजाको धुँवा उडेर हावामा अचम्मको आकार प्रकार बनिरहेको मैले नजिकैदेखि नियालेर हेर्नथालें । बत्तिको प्रकाशसँग मिसिएर गाँजाको धुँवा बिभिन्न रङ्गमा परिबर्तन भइरहेका देख्दा मलाई हल्का रमाइलो महसुस भइरहेको थियो । समय समयमा धुँवाका मुस्लोहरु स-साना बादलमा परिणत भएर आकाश भरि मडारिरहेको देख्दा मलाई केहि उदेक लागिरहेको थियो ।

कटुसको फेददेखि सिधै अगाडि एउटा सानो नहर देखिन्थ्यो । नहरमाथि एक झमट बुर्कुसि मार्दा नहर पारी पुग्न सकिने जस्ता देखिएतापनि यथार्थमा त्यस्तो सम्भव थिएनन् । गल्लिको किनारमा बलेको बत्तिको प्रकाशले नहरको पानी टलक्कै टल्किरहेका देखिन्थे । म त्यसै त प्रकृति प्रेमि मान्छे थिएँ, झन नशाको सुरमा मेरो लोभि नजरलाई नहरको रङ्गिन पानीले मलाई त्यसबेला खुब आकर्षण गरिरहेको थियो ।

नहरको सिधैपारी पट्टि एकहुल मानिसहरु जम्मा भएर बसिरहेका थिएँ । उनीहरुको हात हातमा बियरका बोतलहरु थिएँ । तिनै बियरको जोसमा सानो डाँडामाथि अचम्म सँग गित गाउँदै नाच्दै गरिरहेका थिएँ । आम्सटर्डम बेश्यालयको नजिकै रहेको तिनै सानो डाँडालाई मैले ‘हुकर हिल’ नामाकरण गरिदिएँ । र, हुकर हिलमा भएको त्यति रमाइलो ‘स्ट्रिट पार्टिको’ चर्तिकलाले मलाई केहिबेर अचम्मित तुल्याइ रह्यो ।

उनिहरु देखि मेरो नजर हटाएर सानो गल्लितर्फ पुर्याई दिए । साँझ झमक्कै परिसकेको थियो । केहि समय अगाडिदेखि आकासमा ताराहरु फलिसकेका थिएँ । आकासमा भएका जम्मै ताराहरुको नजर लगाएपछि मैले लामो लामो सास तानें । र, सहरको नजिकै बहिरहेको आमस्टेल नदीले छाडेको मन्द मन्द हावामा मिसिएर आएको अक्सिजनले मेरो फोक्सोलाई एकचरण मज्जाले सफा गरें ।

निक्कै लामो समयसम्म रुखको फेदमा बसेर रमिता हेरिसकेपछि मेरा कदमहरु सुस्तरि ‘रातो बत्तिको जिल्ला डि वालेन’ तर्फ लम्कन थालेका थिएँ । दिनभरि पानी परेर भिजेको आम्सटर्डम सहरले भर्खरै शान्तिका सास फेरिरहेको थियो । पानीले डि वालेन बेश्यालयका गल्लिहरु धोबिले धोएर पखालेका लुगा भन्दा सफा देखिएका थिएँ । म तिनै सफा गल्लिमा मानिसहरुले तानेको गाँजाको धुँवा र आफैले पिएँको बियरको नशा शरिरमा निरन्तर बहिरहने तातो तातो रगतसँग मिसाएर बिश्वको यौनिक राजधानी आम्सटर्डम फनफनि घुम्ने आँट गरिरहेको थिएँ ।

मलाई डच बियरले साहस भरिदिएपछि मताहा हात्तीझै लमक लमक अगाडि लम्कन थालेको थिएँ । त्यसपछि मेरा कदमहरुले क्रमशस् गल्लिमा बिछ्याइएका ढुङ्गाहरु गन्दैगन्दै अगाडि बढिरहें । तर मेरा कदमहरु जतिजति अगाडि बढदै जान्थे, उति उति खुट्टाहरु लरबराएका जस्तो लाग्दथ्यो । किनभने, त्यहाँ हिडिरहेका सबै मान्छेहरुको गिध्देदृष्टि मै माथि खनिएको झै लागिरहेको थियो । त्यसैले थोरै सरम मान्दै मेरा अनुहार रातापिरा भइरहेका महसुस गरिरहेका थिएँ । निश्चयनै एउटी सुन्दरी आनको खोजिमा आम्सटर्डम पुगेको थिएँ । तर, शिसाका झ्यालहरु भित्र देखिने अनगिन्ति आनको प्रतिरुपहरु देखेर छक्क परिरहेको थिएँ ।

दिनभरि परेको पानीले बिश्राम लिएपछि गल्लिमा मान्छेहरुको हुल बढदै जान थालेका थिएँ । ‘मार्करमिर ताल’ बाट समय समयमा हुनुनु आवाज सहित आएको चिसो बतासले मेरो कानसिरि कठङ्ग्रिन खोजिरहेका जस्तो भान पर्दथ्यो । म गन्तब्यहिन दिशामा भौतारिरहेको थिएँ । त्यसैले मेरा सिधै अगाडि परेका गोरेटोहरु जति सबै मेरा हुन् भन्दै निरन्तर अगाडि बढिरहें ।

केहिबेर हिडेपछि ‘औडि डेलानस्ट्राट’ गल्लिमा पुगेर मेरा कदमहरु अचानक रोकिए । त्यँहीबेला मेरो सिधै अगाडि एउटी सुन्दरी बेश्या देखा परिन । अझै उनले दाहिने हात उठाउदै ‘यता भित्र आउनोस,’ भन्ने मलाई संकेत गरिरहेकी थिईन । उनी शिसाका झ्यालभित्र थिइन, र म उनको ठिक बिपरित दिशा गल्लिमा ठिङ्गै उँभिरहेको थिएँ । एक अर्कामा हाम्रा नजर जुधेपछि झण्डै निर्बस्त्र बेश्याकी अनुहार, छाति, पेट, फिला र खुट्टासम्म मज्जाले नियालेर हेरें । रेड लाईट डिस्ट्रिकमा देखिएका बेश्याहरु मध्ये सबैभन्दा ‘शुन्दरी बेश्या’ उनीनै हुन कि भन्ने मलाई त्यसबेला लागिरह्यो ।

मलाई दोश्रो चोटि बोलाएपछि, उनको कोठामा पस्ने निधो गरे । जब मेरा कदमहरु बढेर ढोका छेवैमा पुगे, तब मलाई कतै नभएको लाज लागेर आयो । त्यसैले मेरो मुन्टोलाई घरि दायाँ र घरि बायाँ हेर्नथालें । म जस्तै अन्य मानिसहरु पनि ढोका ढोका चाहरिरहेको दृश्य त्यहाँ देखापरेका थिएँ । त्यस्तो दृश्यले मलाई हल्का मनोबल त बढाएको थियो तर एक्कासि मेरा नजर सिधै माथिको आकासतर्फ पुग्यो । त्यसरि अचानक आकासलाई हेर्दा तितर बितर भएर छरपष्टिएका बादलका टुक्राहरु बिचँ सुनौला ताराहरु चम्किरहेका देखें । मलाई त्यसबेला बादल र ताराहरुको रमाइलो त्यो खेलनै बास्तविक जीवन हो भन्ने लाग्यो । बास्तविक जीवन सम्झेर जिन्दगीमा पहिलो पटक बेश्यालयको कोठिभित्र छिरे ।

कोठाभित्र पसेर उनलाई आत्मियताको साथ ‘हेल्लो’ भनेको थिएँ । म कोठाभित्र पसेको देखेर उनले दोश्रोचोटि मधुर मुस्कानले बाँण हानेकी थिइन । त्यसपछि, ‘यहाँलाई मेरो कोठामा हार्दिक स्वागत छ,’ सानो स्वरमा बोल्दै मलाई स्वागत गरिन । उनको स्वागत र आकर्षक शरिरले म केहिबेर द्विबिधामा परिरहेको थिएँ । अब के भन्ने होला भनेर मेरो मुखदेखी अर्को शब्द निस्कन एकदम गार्हो परिरहेको थियो । मलाई एक्कासि अस्वाभाविक रुपले सास बढेर आयो । त्यसैले लामो लामो सास तानेर छाडने प्रयत्न गरे । तर किनकिन मेरो शरिरदेखि फोक्सोले अघिनै बिदा लिएर हिडेको जस्तो अनुभुति भइरह्यो ।

केहिबेर भुइमा बिलाएका मेरा नजरलाई टिपेर तिनै बेश्यातर्फ पोख्न खोजे । उनले छाडेकी आवाज हावामा बिलिन हुन नपाउदै उनी मसँग दुर भइसकेकी थिइन । त्यसरि अध्याँरोभित्र उनी बिलिन हुदैगर्दा मलाई हल्का लज्जाबोध भईरहेको थियो ।

‘के तपाई रसियन हो ?’ मुश्किलले मेरो मुखदेखि अर्को शब्द फुत्कियो ।

‘होइन, होइन म पोलिस हुँ । तर मेरी आमा काजाक हुन् । त्यसैले मेरा कैलाकैला आँखाहरु रसियनहरुको जस्तै देखिन्छन् । कृपया ! यता भित्रै आउनोस रु अनि केहि अफ्ठ्यारो मान्न पर्दैन रु यहाँ पाल्नुहुने सबै ग्राहकहरुको उदेश्य एउटै हुन्छन् ।’

उनले उदेश्यमा लगेर बाक्यशँलाई पुरा गरेकी थिइन । मेरो त्यति छोटो प्रश्नको जबाफ निक्कै लामो गरेर फर्काएकी थिइन । म जहाँ उभिरहेको थिए त्यसको भित्रपट्टि अर्को दैलो थियो । उनी त्यसतर्फ हिडदै गइन र तिनै दैलोलाई खोलिन । दाहिने हातले इसारा गर्दै मलाई भित्र पस्न भनिन । म केहि बोलिन तर उनले भनेझै सरासर त्यस कोठाभित्र पसे । भित्र पसेपछि नजिकै रहेको कुर्सिमा बस्नको लागि उनले पुनस् सङ्केत गरिन । मैले थोरै सङ्कोच माने तर दायाँ बायाँ नहेरि थपक्कै कुर्सिमा बसें ।

म कुर्सिमा बस्ने बितिक्कै उनले ढोकालाई मज्जाले बन्द गरिन । चुकुल राम्ररि लागेको छ वा छैन भनेर एकचोटि निश्चित गरिन । एक्कै ठाँउ खप्टिएर बसिरहेको झ्यालका पर्दाहरु सरर तानेर टक्क लगाइन । कोठाको सिलिङ र भित्तामा भएका चहकिला बत्तिहरुलाई हल्का मधुरो बनाईन । म त्यतिबेला सम्म घोत्लिएर उनको कार्यशैलिलाई एकनासले हेरिरहेको थिएँ । त्यसपछि हिलको टकटक आवाज सहित उनी म बसिरहेको कुर्सितिर हिडदै आइन ।

जब उनी मेरो नजिकै आईपुगिन । मेरो मुटुको गति ढुकढुक बढिरहेको थियो । अदृश्यरुपले मेरो सम्पुर्ण शरिर थरर काँपिरहेको थियो । तैपनि उनको त्यति पातलो र आकर्षक शरिरसँग म आकर्षित भइरहेको थिएँ । मलाई डर लागिरहेको थियो तर उनको हरेक गतिबिधिलाई खुब नजिकदेखि नियालेर हेरिरहेको थिएँ ।

केहिबेरमा उनका हातका औलाहरु मेरा शरिरमा ठोकिन आइपुगे र सुस्तरि सुस्तरि खेल्न थाले । उनको औलाको स्पर्शले मलाई हल्का अफ्ठ्यारो लागेका थिएँ, त्यसैले आँखाहरु बन्द भए । लाजले मेरो मुखबाट एक्कै शब्द प्रस्फुटित हुन सकिरहेका थिएनन् । किनभने, जिन्दगीमा पहिलो चोटि बेश्यालयको भ्रमण गरेको थिएँ । सायद त्यहाँको चलन त्यस्तै होला भनेर पापी औलाहरु जति सलबलाए पनि चुपचाप सहिरहेको थिएँ ।

केहिबेरमा उनैले मुख खोलिन, ‘प्रथम चोटि हो ?’

सुस्तरि हावामा मिसिएर आएको उनको प्रश्नलाई मैले राम्ररि सुनिरहे । तर, उनलाई जबाफ फर्काउन सकिरहेको थिइन । म त्यतिक्कै नाजबाफ बनेर बसिरहेको फाइदा उठाउदै मेरा शरिरमा उनिरहेका सबै कपडाहरुलाई उनैले बिदा गरेर पठाई दिइन । त्यसपछि, एक्कासि बिना बादल आकासमा गुडुडु मेघ गज्र्यो । घरको छानो छेडला जस्तो ठूल्ठूला पानीका फोकाहरु बर्षन थाल्यो । मार्कमिर तालको जम्मै पानी उल्टेर आए जस्तै भयो । लाल बत्तिको जिल्ला आम्सटर्डममा समयको हुरि नराम्रो तरिकाले आयो र निमेषभरमा फुसुक्क अन्त भयो ।

मैले एउटा थकित, क्लान्त र शिथल शरिरलाई एउटी बेश्याकी पलङ्मा केहिबेर सम्म लडाइरहें । एक बोतल पानी पिएपछि उनीसँग बिदा माग्दै म बाहिर निस्कें । एउटी सक्कलि आन फ्रेन्कको खोजि गर्दै अन्तराष्ट्रिय यौनिक राजधानि आम्सटर्डम पुगेको थिएँ । तर, नक्कली आनसँग शरिर मिसाएर औडि डेलानस्ट्राटको साघुँरो गल्लिमा हिडन थालें । मेरो जिन्दगीको प्रथम सहबासले अनुहार आम्सटर्डमको रेड लाईट डिस्ट्रिकको बत्ति जस्तै लाल रङ्गमा परिणत भएको लामो समय सम्म महसुस गरिरहेको थिएँ ।

आम्सटर्डममा बेस्सरि जाडो भइरहेको थियो । मेरा दुवै हातहरुलाई ज्याकेटको खल्तिभित्र मज्जाले लुकाइ राखें । औडि डेलानस्ट्राट गल्लिलाई फेरि नफर्कने बाचाँ गर्दै सुस्तरि दाहिनेतिर घुमें । त्यसबेला बेश्यालयको समयले एघार बजाइ सकेको थियो । मेरो शिरलाई घोप्टो बनाए र निरापराध कदमहरुलाई गन्तब्यहिन दिशातर्फ क्रमशस् चालिरहें ।

रात छिपिदै जाँदै थियो । त्यसैले अलिक जोडले हिडन थालेको थिएँ । तर एकैछिनमा गलेर लखतरण परिहालें । केहिबेर टक्क रोकिएर दुवै हातलाई कम्मरमा राखे । त्यसपछि लामो लामो सास ताने र आकासतर्फ हेरें । मलाई किनकिन त्यसबेला आकासे बगैंचामा टहटह चम्किएका पुर्ण चन्द्रमाले जिस्क्याइ रहेको जस्तो भान परयो । गल्लिका किनारमा बलेको बत्तिको प्रकास एकदम मधुरो थियो । म तिनै मधुरो प्रकाश मुनि खियाले खाइसकेको फलाम झै जिर्ण शरिर लिएर एकाध उँभिरहेको थिएँ । अनि मेरा पाईतालाहरु सतहमा बिछ्याइएका स-साना ढुङगाहरु ९कोबल स्टोन० माथि आराम गरिरहेका थिएँ ।

म जुन ठाउँमा उँभिरहेका थिएँ । तिनै ठाउँमा एकजना बेश्या आईमाई आइपुगिन र मेरो खुट्टाले कब्जा गरिरहेको जमिनमा उनले हेर्न लगाइन । उनको भनाई सुनेर पहिले म झसँगै बने, तर हतार हतार भुईतिर नजर लगाइ हालें । मेरा खुट्टा नजिकै एउटा धातुको पातामा एकजोडि स्तन ‘ब्रोन्ज ब्रेस्ट’ देखा परे । र, बायाँतिरको स्तनलाई मानबिय हातका पन्जाले च्याप्प समातिरहेका देखिएँ ।

केहिबेर भुइमा बिलाएका मेरा नजरलाई टिपेर तिनै बेश्यातर्फ पोख्न खोजे । उनले छाडेकी आवाज हावामा बिलिन हुन नपाउदै उनी मसँग दुर भइसकेकी थिइन । त्यसरि अध्याँरोभित्र उनी बिलिन हुदैगर्दा मलाई हल्का लज्जाबोध भईरहेको थियो । मेरा दाहिनेतिर बिरहपुर्ण भाखाले नहरको पानी ओरालै ओरालो बहिरहेको थियो । मार्कामिर तलाउदेखि आएको चिसो चिसो बतासले मेरो शरिरलाई आंसिक रुपले हल्लाईरहेका थिएँ ।

तर, आम्सटर्डम बेश्यालय बाहिर भेटिएको “ब्रोन्ज ब्रेस्ट” कसले र किन बनाएका होला भनेर म निक्कैबेर घोत्लिरहेको थिएँ ।

 

अक्सफोर्ड, बेलायत ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्