Logo

जवर्जस्ती ‘यौन सम्पर्क गर्न’ खोजेपछि शिक्षक पक्राउ


सिन्धुली । महिला हिं’सा वि’रुद्धको १६ दिने अभियान चलिरहेका बेला एक शिक्षकले महिलामाथि ज’वर्जस्ती क’रणीको प्रयास गरेपछि प’क्राउ परेका छन् ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिका ४ चिलाउनेमा भएको विवाहमा पाहुना आएकी धनुषाकी महिलालाई ज’वर्जस्ती क’रणी गर्न खोजेको आरोपमा शिक्षक सञ्जय साह प’क्राउ परेका हुन् ।

मंगलबार बिहानसो घ’टना भएको थियो । बिहान ४ बजे पिशाव फेर्न शौचालय गएकी ५० वर्षीया महिलालाई शिक्षक साहले ज’वर्जस्ती समातेर नजिकैको गोठमा लगेर ज’वर्जस्ती गर्न खोजेका थिए । प्रहरीले ती महिलालाई दिएको प्रारम्भिक बयानअनुसार, साहले ज’वर्जस्ती समातेर गोठमा पुर्याएको र मुख थु’नेर क’रणी गर्न खोजेपछि महिलाले प्र’तिकार गरेका थिए ।

प्र’तिकारबाट उम्केपछि महिला चि’च्याउँदै हारगुहार गरेपछि हो’हल्ला भयो । त्यसबेला शिक्षक साह भने भागिसकेका थिए । मंगलबार बिहानभर शिक्षक साहको खोजी भयो । शिक्षक साह भने भागेर ग्वाल्टार पुगिसकेका थिए ।

गोलञ्जोर ६ घोक्सिलास्थित स्कूलमा पढाउने स्थायी शिक्षक हुन साह । गाउँमा कु’टपिटमा पर्ने ड’रले उनी भागेर ग्वाल्टार पुगेको थाहा पाएपछि महिलाले प्रहरी चौकी ग्वाल्टारम उजुरी दिइन् । त्यसपछि शिक्षक साह प’क्राउ परे ।

ग्वाल्टारबाट मंगलबार राति नै शिक्षक साहलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको हि’रासतमा राखिएको छ । मेडिकल गर्ने र म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाउने तयारीमा रहेको एसपी रञ्जु सिग्देलले जानकारी दिए ।

शिक्षक साह लामो समय करारमा गोलञ्जोर ४ कै एक स्कूलमा पढाउँथे । उनले स्थायीमा मनाङमा नाम निकाले । उनी मनाङबाट सरुवा भएर आएका हुन् । उनी गणित विषयका शिक्षक हुन् ।

शिक्षक साहमाथि यसअघि पनि गाउँमा महिलामाथि कु’दृष्टि राखेको आरोप लाग्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । (तस्बिर साङ्केतिक रुपमा वेबबाट राखिएको हो । )

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्