Logo

नेकपा (माओवादी केन्द्र)ले नवलपुर जिल्ला समिती गठन गर्यो


रामनाथ तामाङ, काठमाडौ – नेकपा (माओवादी केन्द्र) पार्टिको नबलपुरमा ९ सदस्यको जिल्ला समिती गठन गरेको छ । नेकपा (माओवादी केन्द्र) पार्टीको छैठौं केन्द्रीय बैठक (३ दिनसम्म चलेको थियो) लगत्तै देश ब्यापी रुपमा पार्टिको विचार, सिद्धान्त, राजनीति र संगठनको छलफल, बहस, भेला र सम्मेलन भईरहेको छ ।

नेकपा (माओबादी केन्द्र)का महासचिव राजन तिमिल्सिनाले भने ‘माओवादी आ’न्दोलनको विचार, भावना र ऐतिहासिक विरासतको निरन्तरता दिँदै महान् जनवि’द्रोहको रणनीतिमा केन्द्रित हुन् नेकपा (माओवादी केन्द्र) मालेमाबादको सिद्धान्त अनुसार रक्षा, बिकास र प्रयोग गर्दै अघि बढेको छ ।’

नेकपा (माओवादी केन्द्र)को छैंठौं केन्द्रीय समितिको ३ दिनसम्म बसेको बैंठकले ‘मुख्यत: रुपान्तरणमा जोड एबम महाध्रुवीकरण पहल’को निर्णय गर्दै बैठक सम्पन्न गरेको थियो ।

ष’डयन्त्रका’रीद्वारा नेतृत्व ह’त्याउने लिनप्याओवादी प्रबृती र दुई वर्षसम्म लेबी नतिरेका अ’राजकतावादी समुहहरुको झुण्डलाई लम्पट चरित्रका संसदवादी भाईरसहरुको संज्ञा दिईएका थिए ।

नेकपा (माओवादी केन्द्र)ले पार्टीले महाधुवीकरण पहलको लागि नेत्रविक्रम चन्द ‘वि’प्लवसँग’ छलफल भैरहेको छ । त्यस्तै गरी पार्टिको आगामी बैशाखमा राष्ट्रिय सम्मेलन हुँदैछ, त्यतिवेलासम्म थुप्रै कुराको वातावरण बन्ने कुरा समेत केही दिन अघिको पत्रकार सम्मेलन उल्लेख भएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्