गेसोद्वारा पूर्वगोरखा सैनिकहरुको सामाजिक सुरक्षा भत्ता नरोकिने सरकारी निर्णयको स्वागत

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले भूतपूर्व गोर्खा सैनिकहरुले नेपालमा पाउने सामाजिक सुरक्षा भत्ता नरोकिने सरकारको निर्णयको स्वागत गरेको छ। गेसोका सभापति कृष्ण कुमार राई नेतृत्वको टोलिले राजधानिमा आयोजित पत्रकार सम्मेलमा बोल्दै सो निर्णयको स्वागत गरेका हुन्।
आइतबार राष्ट्रपतिले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेसंगै सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णय फिर्ता भएको हो।
२०७७ असार १७ गतेको मन्त्रीपरिषदले विदेशी सेनाबाट पेन्सन पाउनेहरुलाई सरकारले सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयका वि’रुद्ध गेसो सर्वोच्च अदालत गएको थियो। २०७७ साउन ११ गते नेपाल सरकारका नाममा कारण देखाउ आदेश भई हाल मु’द्दा सर्वोच्चमा चाराधिन अवस्थामा छ।
सरकारले यसै आर्थिक वर्षभित्र सामाजिक सुरक्षा भत्ता पाउने गरी अध्यादेश जारी गरेर आफूहरुको मु’द्दालाई सम्बोधन गरेकोले स्वागत गरिएको गोरखा भूतपूर्व सैनिक संघका सभापति एवं भूतपूर्व सैनिक संयुक्त सं’घर्ष समितिका संयोजक कृष्ण कुमार राईले बताए।
नेपाल सरकारले हाम्रो जायज मागलाई सम्बोधन गरी लाखौं जेष्ठ नागरिक तथा उनीहरुसंग आश्रित परिवारको भावनाको उच्च कदर गरी निर्णय फिर्ता लिने प्रतिबद्दता जाहेर गरी न्यायोचित कदम चालेकोमा नेपाल सरकारलाई विषेश धन्यवाद ज्ञापन गर्दछौं, सभापति राईले भने।