Logo

प्रधानमन्त्री द्वारा सर्वदलीय बैठकको आह्वान


प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने भएका छन्। राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा नेकपामा पनि कि’चलो चुलिएको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाक्न लागेका हुन्।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार भोलि या पर्सिमा बालुवाटारमा सर्वदलीय बैठक बस्‍ने भएको छ।

रिमालले सर्वदलीय बैठक बोलाउनुपर्ने विषयबारेमा केही बोलेनन्। ‘विषयबारेमा भरेसम्ममा टुंगो लाग्छ, यसबारे हामी जानकारी गराउँछौँ’, उनले भने, ‘प्रधानमन्त्री अहिले परामर्शमै रहनु भएकाले थप कुरा बैठकको मिति र विषय तय भएपछि थाहा हुनेछ।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्